केरुङमै रोकियो चीनको अनुदानको तेल, निगमले ट्यांकर नपठाउँदा अलपत्र मनीपा कोइराला

रसुवा, कार्तिक १० । चीनले अनुदानमा दिने भनेको १० हजार मेट्रिकटन पेट्रोलियम पदार्थ केरुङ आइपुगेको दुई दिन बितिसक्दा पनि नेपाल आयल निगमले ट्यांकर नपठाउँदा अलपत्र परेको छ ।

चीनले मंगलबार नै औपचारिक रुपमा तेल हस्तान्तरण गर्ने कार्यक्रम राखेको भए पनि नेपालतर्फबाट ट्यांकर नजाँदा केरुङमै पार्किङ गरेर राखिएको चिनियाँ पक्षले जनाएको छ ।

/>चिनियाँ राजदूतावासले ट्यांकरमा जाने चालक र सहचालकको ‘नेम लिष्ट’सहित पठाउन भनेपछि प्रक्रिया पुर्‍याउन समय लागेकाले ढिलाइ भएको हुन सक्ने रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । केरुङ प्रवेशका लागि चीनले ‘वान डे’ पास उपलब्ध गराउने जनाएको छ ।

तर, केरुङमा चालक र सहचालकलाई दुई दिनसम्म बस्नुपर्ने अवस्था आएकाले राजदूतावासलाई आयल निगमले पहिला नै नेम लिष्ट पठाउन ढिलाइ भएको बताइएको छ ।imagekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget