चीनले मात्र होइन नेपालले पनि भारतलाई दियो ठुलो झट्काः नेपालबाट भारतको बिद्युत फिर्ता

चीनले तिब्बतकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाबाट बिजुली निकाल्न सुरु गरेको छ। ब्रम्हपुत्र नदीमा विभिन्न युनिटमार्फत १० दिनअघि बिजुली निकाल्न सुरु गरिएको हो। ब्रम्हपुत्र नदीमा ड्याम बनाएर ज्याग्मु जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको हो ।नदीको बहावमा आधारित (रन अफ रिभर) मोडलमा बनेको उक्त आयोजनाको क्षमता ५ सय १० मेगावाट छ। नेपालबाट करिब साढे ८ सय किलोमिटर दूरीमा बनेको उक्त आयोजनाले बढी भएको बिजुली बेच्ने चिनियाँ सञ्चारमाध्यममा उल्लेख छ।

 विज्ञहरूका अनुसार तिब्बत अब जलविद्युत्को स्रोतसमेत बन्न सक्ने देखिएको छ ।बिजुलीसहित सबै इन्धनमा भारत निर्भर मुलुकका लागि चीनबाट बिजुली आयातको सम्भावनासमेत बढेको विज्ञहरूको भनाइ छ। भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थका हाहाकार भएको छ। यही बीचमा चीनले अनुदान स्वरूप हजार टन इन्धन उपलब्ध गराउने आश्वासन दिएको छ। यसैगरी ग्यास पनि चीनबाट ल्याउने सम्भावना खोज्न व्यवसायी र सरकारी टोली चीन गएको थियो।

भारतले इन्धन र सामान कटौती गरे पनि बिजुली दिन भने बन्द गरेको छैन। भारतबाट करिब २ सय ५० मेगावाट बिजुली आयात भइरहेको छ। हिउँदमा नेपालको विद्युत्को माग करिब १३ सय मेगावाट पुग्ने गरेको छ ।जब कि स्वदेशको उत्पादन २ सय ५० मेगावाटको हाराहारी मात्रै हुने गरेको छ। भारतले दिँदै आएको बिजुली कटौती गर्ने हो भने यसको विकल्प थिएन। ब्रम्हपुत्रमा बनेको विद्युत् वैकल्पिक स्रोत बन्ने विश्लेषण गरिएको हो। ब्रम्हपुत्र नदीबाट बिजुली निकाल्न चीनले करिब डेढ अर्ब डलर (करिब डेढ खर्ब रुपैयाँ) खर्चेको छ।

 यो ड्याम विश्वकै सबैभन्दा उचाइ बनेको छ। ब्रम्हपुत्र नदीमा चीनले बनाएको ड्याम भारतका लागि ठूलो चासोको विषय हो। भारतको बारम्बारको खबरदारीपछि पनि चीनले उक्त आयोजना बनाएको हो। बदलामा पानीको बहावबारे मेदेखि अक्टोबरसम्म पानीको बहावको जानकारी भारतलाई दिने आश्वासन चीनले दिएको छ । ब्रम्हपुत्रलाई चिनियाँ भाषामा ज्याम्बो नदी भन्ने गरिन्छ।यही नदी भारतमा पुग्दा ब्रम्हपुत्र र त्यसपछि मेघनाको नामबाट बंगलादेश हुँदै बंगालको खाडीमा मिसिन्छ।

 चीनले सन् १९७२ मा गरेको अध्ययनअनुसार ब्रम्हपुत्र नदी बेसिनमा १ लाख १४ हजार मेगावाट बिजुली उत्पादन हुन सक्ने क्षमता छ। मुख्य नदीमा मात्रै करिब ८० हजार मेगावाट क्षमता भएको अध्ययनले देखाएको छ। चीनले करिब २८ ठाउँमा ड्याम बनाएर बिजुली निकाल्न सकिने सम्भावना देखाएको छ। यो नदी चीनले तीव्र रूपमा विकास गर्न खोजिरहेको तिब्बतको ऊर्जाको माग पूरा गर्ने मुख्य स्रोत हो।

सन् २०१३ मा चीनले अन्य ३ ठाउँमा ड्याम बनाएर बिजुली निकाल्ने योजना केन्द्रीय योजनामा समावेश गरिसकेको छ। यसले आगामी दिनमा चीन ब्रम्हपुत्रबाट बढीभन्दा बढी बिजुली निकाल्न जुटने देखिन्छ। जसले भारत र चीनबीचको सम्बन्धमा चिसोपन आउने सम्भावना छ। भारतको पकड भएको भुटानका प्राय: सबै नदी ब्रम्हपुत्रमा गएर मिसिन्छन्।

त्यसैल ब्रम्हपुत्र नदी बेसिनमा भारत आफ्नो बढी आधिपत्य खोजिरहेको छ। तर ऊर्जाको ठूलो मागका कारण चीनले बिजुली निकाल्न बन्द गर्ने सम्भावना भने कम छ। चीनको बिजुली उत्पादन सुरु भएपछि भारतीय मिडियाले त्यसलाई नजिकबाट नियाल्नुपर्ने भन्दै त्यहाको सरकारको ध्यानाकर्षण गराउन खोजेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget