नाका खुलाएपछि भारतीय राजदूत रातारात प्रधानमन्त्री भेट्न बालुवाटारमा

काठमाडौँ, १६ असोज । प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि भारतका राजदूत रणजित रायले आज अपराह्न भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपाल-भारत सम्बन्धका साथै भारतबाट नेपालतर्फ आपूर्ति हुने पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामानको ढुवानीबारेमा छलफल भएको थियो ।
प्रधानमन्त्री कोइरालाले भारतबाट नियमित रुपमा हुनुपर्ने पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामानको आपूर्ति सहज बनाउन भारतको उच्चतम तहमा पहल गर्न राजदूत रायलाई अनुरोध गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताउनुभयो । भारतीय राजदूतले शुक्रबारदेखि केही नाकाबाट पेट्रोलियम पदार्थको आपूर्ति सहज भएको तथा आज बेलुका र भोलिसम्म थप केही नाकाको अवस्था पनि सहज हुने जानकारी गराउनुभएको श्री अधिकारीले बताउनुभयो । रासस

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget