अमेरिकाले पनि माफी माग्यो

काठमाडौं, असोज १७ । अफगानिस्तानको कुन्दुज शहरमा गरिएको हवाई आक्रमणप्रति अमेरिकाले माफी मागेको छ ।
अमेरिकी रक्षा मन्त्रालयले विज्ञप्ति निकाली अमेरिकी हवाई आक्रमणमा सर्वसाधारण मारिएकामा क्षमा माग्दै यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त जेद राद अल अल हुसेनले घटना दुःखद र अक्षम्य रहेको प्रतिक्रिया दिंदै अन्तराष्ट्रिय कानून बिपरितको यो घटना जानीजानी गरेको आरोप लगाएका छन् ।
यता अफगान राष्ट्रपति असरफ घानीेले गठबन्धन सेनाको आक्रमणप्रति माफी मागेका छन् । अस्पतालमा अतिवादीहरु लुकेको सुराकीको आधारमा कारबाही गरिएको स्पष्ट पार्दै आइन्दा यस्ता आक्रमण गर्दा गम्भीर ढंगले सोचबिचार गर्ने बचन दिएका छन् ।
अफगानिस्तानको कुन्दुज शहरस्थित एक अस्पतालामा गरिएको अमेरिकी हवाई आक्रमणमा १९ जना मारिएका थिए । घटनामा ३७ जना गम्भीर घाईते भएका थिए । घाईते मध्ये १९ जना डाक्टरर्स विदाउट वोर्डर एमएसएफका कर्मचारी छन् ।
अमेरिकी लडाकु विमानले करिब आधा घण्टासम्म गरेको हवाई आक्रमणमा अस्पतालमा बम खसेको थियो । बम विष्फोटको समयमा अस्पतालमा एक सयभन्दा बढी विरामी थिए ।
आक्रमणपछि केही कर्मचारी र विरामीको अवस्था अज्ञात रहेको छ । अस्पताल ध्वस्त भएको छ । गत सोमबार मात्र तालिवान लडाकुले कुन्दुर शहर नियन्त्रणमा लिएपछि सरकारी सुरक्षाकर्मी र तालिवान लडाकूबीच त्यहाँ भीषण संघर्ष चलिरहेको छ । (एजेन्सी)

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget