भारतले विद्यालाई बधाइ दिँदै भारत बोलायो

१२ कात्तिक, काठमाडौं ।

नेपालमा नयाँ राष्ट्रपति चयन भएकोमा विभिन्न देशले बधाइ तथा शुभकामना दिएका छन ।

विद्या भण्डारी राष्ट्रपति बन्दा विश्वभरी मिडियामा हेडलाइन (फोटो फिचर)

छिमेकी देश चीन भारत र अमेरिका लगायतका देशले नयाँ राष्ट्रपतिको कार्यकालमा नेपालले थप प्रगति गर्ने विश्वास गरेका छन । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको नयाँ राष्ट्रपति चयन भएकोमा विद्या भण्डारीलाई बधाइ तथा शुभकामना दिएका छन ।




शुभकामना सन्देशमा उनले भण्डारीलाई भारत भ्रमणको निम्तो दिनुका साथै उनको कार्यकालमा दुई देशको सम्वन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरिएको छ ।

नेपालले चीनसँग इन्धन आपुर्ति सम्झौता गरेपछि भारतीय मिडियामा रुन्चे प्रतिक्रिया

उता नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङका तर्फबाट बधाई दिइएको छ ।

चिनियाँ राष्ट्रपतिका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले भण्डारीको निवास बानेश्वर हाइट पुगी बधाई दिएका हुन । राजदूत चुन्ताईले उनको कार्यकाल सफलताको बधाई दिएका थिए।nepaliheadline

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget