२०७२ कार्तिक ११ बुधवार
फोटो : दिवाकर भण्डारी (जितपुरमा आयोजित कार्यक्रममा बोल्दै राजेन्द्र महतो)
जितपुर: सद्भावना पार्टिका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले बिदेशीलाई अंगिकृत नागरिकता दिएर सरकार र राष्ट्रप्रमुख बनाउनुपर्छ भन्ने आफूहरुको माग नरहेको बताएका छन् ।
बाराको जितपुरमा सद्भावना पार्टिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतोले बजारमा प्रचार गरिएजस्तो अंगिकृत नागरकिताको मुद्धा आफूहरुको नरहेको बताए । उनले अंगिकृत नागरिकताको मुद्धालाई गलत ब्याख्या नगर्न समेत आग्रह गरेका छन् ।
‘बिदेशीलाई अंगिकृत नागरिकता दिएर सरकार र राष्ट्रप्रमुख बनाउनुपर्छ भन्ने हाम्रो माग होईन’ महतोले भने ‘यसलाई गलत ब्याख्या गरिदैछ । मोर्चाले त्यो माग अघि सारेको छैन् ।’
महतोले विवाह गरि नेपालमा आएका महिलाको हकमा भने अधिकार सम्पन्न नागरिकता दिनुपर्ने माग आफूहरुले अघि सारेको प्रष्ट पारेका छन् । भारतलगायत अन्य मुलुकबाट विवाह गरि नेपाल आएका महिलालाई अंगिकृत नागरिकता थमाउन नहुने उनको भनाई थियो ।
‘नेपालमा विवाह गरि आएका बिदेशी महिला नेपालकै हुन । उनिहरुलाई अंगिकृत नागरिकता दिएर अधिकारबाट बञ्चित गर्न मिल्दैन ’ महतोले भने ‘त्यसैले मोर्चाले उनिहरुको अधिकारका लागि अंगिकृत नागरिकताको मुद्धा अघि सारेको हो । यसलाई बंग्याएर गलत प्रचार गरिदैछ ।’
मधेसमा ५० बर्षदेखि मिलेर बस्दै आएका पहाडी र मधेसी समुदायको सम्बन्ध बिगार्ने काम सरकारले गरेको भन्दै महतोले सिमांकनमा सच्चिन आवश्यकता रहेको पनि बताए । मधेसमा बस्दै आएका मधेसी र पहाडीलाई छुट्याउने काम सरकारले गरिरहेको उनको भनाई थियो । annapurnapost
Post a Comment