काठमाण्डु, ११ कात्तिक–प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि काँग्रेसबारे कडा टिप्पणी गरेका छन् ।
राष्ट्रपति निर्वाचनपछि नयाँबानेश्वरस्थित संसद–भवनबाट बाहिरिने क्रममा बुधबार सञ्चारकर्मीको एक जिज्ञाशामा ओलीले राष्ट्रपति निर्वाचनमा काँग्रेस उम्मेदवार कुलबहादुर गुरुङले प्राप्त गरेको मत नै पावर शेयरिङ भएको ब्यंगात्मक टिप्पणी गरे ।
काँग्रेसका राष्ट्रपति उम्मेदवार गुरुङले २ सय १४ मत पाएका थिए । ‘काँग्रेसले राष्ट्रपति निर्वाचनमा पाएको २ सय १४ मत नै पावर शेयरिङ हो’, ओलीले भने ।
Post a Comment