एमालेले सरकारलाई भन्यो— चीनबाट छिटो तेल ल्याऊ

काठमाडौं—भारतको नाकाबन्दीका कारण सर्वसाधारणको जीवनमा अवमानीय असर परेको निष्कर्ष निकाल्दै सत्तारुढ नेकपा एमालेले उत्तरी छिमेकीबाट छिटाे पेट्रोलियम पदार्थ आयात गर्न सरकारलाई निर्देशन दिएको छ।

गए राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकले चीनबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्ने सम्झौतालाई तत्काल अघि बढाउन भनेको हो।

‘चीनसँग भइरहेको इन्धन ल्याउने सम्झौतालाई छिटो अघि बढाउन र अहिले भइरहेको पेटोलियम पदार्थ अभावको समस्या छिटो सुल्झाउन सरकारलाई निर्देशन गरेको छ’, बैठकमा सहभागी एमाले सचिब योगेश भट्टराईले नागरिकन्युजसँग भने।

दक्षिणी सिमानामा भारतले गरेको नाकाबन्दीका कारण उत्पन्न असहज परिस्थितिबारे बैठकमा गम्भीरपूर्वकता छलफल भएको उनले बताए। देशको अर्थतन्त्र र सर्वसाधारणको जनजीवन सहज बनाउन बहुपक्षीय विकल्प खोज्नुपर्ने तथा छिटो आपूर्ति व्यवस्था सहज पार्न हरसम्भव उपाय अपनाउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय भएको सचिव भट्टराईले बताए।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मुलुकले समाना गरिरहेको राष्ट्रिय संकट, संविधानको सफल कार्यान्वयन, राष्ट्रिय एकताको सम्वद्र्धन, मुलुकको राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको लागि राष्ट्रिय सहमति आवश्यक रहेको निष्कर्ष निकालेको थियो।

सरकारले उत्तरी छिमेकीसँग सम्झौता गरी तेल भित्र्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। वाणिज्य मन्त्रालयले नेपाल तेल आपूर्ति गर्न चीनको सरकारी स्वामित्वको चाइना नेशनल पेट्रोलियम कर्पोरेसनसँग सम्झौता गर्ने तयारी भइरहेकाे अवस्थामा सत्तारूढ दलले यस्ताे निर्णय गरेकाे हाे।

यसअघि एमाअाेवादीकाे अगुवाइमा शुक्रबार वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन, नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइ र चीनका लागि नेपाली राजदूत डा.महेश मास्केबीच चीनबाट पेट्राेलियम पदार्थ नेपाल अापूर्ति गर्नेबारे छलफल भएकाे थियो।nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget