– डा. केदार कार्की
पशुपंक्षी काटछाट गरी तीनका शरीरबाट मानिसलाई खान हुने तन्तुलाई मासु भनिन्छ । तर यसरी तयार गरिएको मासु कि त उचित तरिकाले नपकाईएमा वा बेलैमा उचित संचयको व्यवस्था नगरिएमा मासु बिग्रन सक्छ । अनी मासु अस्वादिलो मात्र हैन, विषाक्त पनि हुनसक्छ अनि विरामी पनि पर्न सकिन्छ । मासु हामीले नचाहँदा नचाहँदै पनि जिवाणु विषाणु तथा संक्रमण अनि तीनको मासुजन्य तन्तुमा हुने गतिविधिले मासु कुहिन सक्छ, जसका कारण मासु विग्रने गर्छ । यस्ता जिवाणु विषाणु यात बध पशुवाट आउन सक्छ, अथवा मासु बध र काटछाट कार्यमा संलग्न व्यक्तिबाट पनि हुन सक्छ वा बध गर्न प्रयोग गरिने पानी, अचानो, औजारबाट पनि सर्न सक्छ । भनिन्छ मासुलाई लामो समयसम्म सुरक्षित रुपमा संचय गर्न सकिन्छ तर अनन्तकाल सम्मका लागि भने हैन् ।
मासुमा हुन सक्ने संक्रमणः
मासु विगार्न सक्ने जिवाणु, विषाणु, बध गरिने पशु जीवित हुँदै पनि हुन सक्छन पशु हेर्दा स्वस्थ्य देखिए पनि, सुसुप्त अवस्थाको संक्रमण रहेछन वा वध गर्ने स्थलको सरसफाईको अवस्था, वध गर्ने कार्यमा संलग्न व्यतmीको स्वास्थ्य एवं व्यतmीगत सरसफाईको अवस्था सरसफाईमा प्रयोग हुने दुषित फोहोर पानी तथा वध गर्न तथा मासु काट छाट गर्न प्रयोग गरीने सामाग्री र औजारबाट पनि मासुमा प्रदूषण गराउन सक्छन् । एनथ्राक्स, क्षय रोग, व्रुसेलोसीस, सालमोनेलोसीस, लीष्ट्रीयोसीस, ट्राइकोनोसीस, टिनीएसीस, नाम्ले रोग, यी रोगबाट पशुबाट उत्पादित मासुको प्रयोग गर्नाले मानिसमा सर्न सक्छ । यस्ता रोगी पशुहरु सकभर वध अधिनै गरीने जांचबाट निषेध गरीनुे पर्छ ताकी यीनका मासु मानिसको खाद्यय श्रृंखलामा नपरुन । यती गर्दा पनि वध गर्दा हुन सक्ने मासुमा प्रदुषणबाट हाम्रो जस्तो मुलुकको परिवेषमा भने वच्न गाह्रो छ ।
मासु सुरक्षित राख्ने उपाय:
क) चिस्याउने ख) पकाउने ग) जल विग्रहीकरण घ) रसायनको प्रयोग ङ)अम्ल्याउने च) विकिरण गर्ने
चिस्याएर राखेको मासु कति दिन सुरक्षित हुन्छ ?
रांँगाको मासु १२ महिना बंगुर बदेलको मासु ६ महिना खसी,बोका,भेडा च्याङग्राको मासु ६ देखि ९ महिना कुखुराको मासु ३ देखि ६ महिना सम्म राख्न सकिन्छ ।
मासु किन पकाईन्छ ?
मासु लाई अत्याधिक तापक्रममा पकाउदा जनस्वास्थ्यलाई असर गर्ने सबै खाले जिवाणु ,विषाणु नस्ट पार्दछ । यस वाहेक मासुलाई १५० देखि १६० डिग्री फरेनहाइट तताइ सुरक्षीत गर्न सकिन्छ । यस तापक्रममा सबै नभए पनी धेरै जिवाणु विषाणु नस्ट हुन्छन । यसरी पकाएका मासुका परिकार फ्रिजमा राखि संरक्षण गर्नु पर्ने हुन्छ । यस वाहेक यदि मासुलाई २५० डिग्री फरेनहाइट मा पकायो भने हाम्रो स्वास्थ्यका लागी असर पार्न सक्ने सबै खाले जिवाणु विषाणु नस्ट भएर जान्छन ।यसरी पकाएको मासु अली लामो समय सम्म सुरक्षित राख्न सकिन्छ । यस वाहेक मासु लाई जलविग्रहिकरण गरि सुरक्षित राख्न सकिन्छ त्यो हो सुकुटी ।
यस वाहेक हाम्रो परम्परागत मरमसाला को प्रयोगले पनि मासु सुरक्षित राख्न सकिन्छ ।यी मरमसालाले मासु सुरक्षित मात्र गर्दैनन बरु मासु को स्वाद नै मिठो पार्छ । हेर्दैमा खाउ खाउ लाग्ने बनाउछ । साथै धेरै दिन सुरक्षित राख्न मद्त गर्छ । यसरीप्रयोग गर्ने मासला प्राकृतिक स्वरुपमा हुनुपर्छ ।
यस वाहेक मासुलाई अम्लीकरण गरेर पनि संरक्षीत गर्न सकिन्छ । यसो गर्दा मासु मा हुने कार्वोहाडेटलाई अम्ल अर्थात एसिड मा परिवर्तन गर्नु पर्ने हो जसको असरका कारण मासु जिवाण,विषाणु को संख्या वृद्धि हुदैन जसले मासु विग्रनवाट बचाउछ पनि । अन्यत्रका अभिलेख हेर्ने हो भने मासु लाई विकिरणको माध्यमवाट पनि संरक्षित गरिन्छ । त्यो प्रविधिको चर्चा अली पछि गरौला । यस प्रविधिको प्रयोग पनि माथि भने जस्तै हो दशैमा तपाईले बध,वली चढाएको पशु पंक्षिवाट प्राप्त हुने मासु सके चाडै पकाउनु होला पकाउन झन्झट लागे डिप फ्रिज वा फ्रिजमा राख्नु होला । पकाएको मासु राम्रो सित छोपेर फ्रिजमा राख्नु होला खाना खाने वेलामा राम्रो सित तताउनु नै वेश हुन्छ । यसो गरि चाडबाडको वेला खाएको मासुवाट स्वास्थ्यमा असर नगर्ला की ।dainiknepal
Post a Comment