आन्दोलनकारीले मोटरसाइलमा फुल ट्यांकी तेल देख्नै नुहुने !

कात्तिक ८  
सिरहा – मधेसी मोर्चाले तराई मधेशमा गरेको नाकाबन्दीलाई छल्दै साना व्यापारीहरुले मोटरसाइकलमा तेल तथा अन्य खाद्यान्नहरु भारतसँगको साना नाकाबाट ल्याउने गरेकोमा आन्दोलनकारीले रोक लगाएका छन् ।

करिब एक महिनादेखि सुरु भएको नाकामा अवरोध जारी रहेकै बेला दशैंपछि सडकमा मोटरसाइकल समेत आन्दोलनकारीले गुड्न दिइरहेका छैनन् ।

नाकाबन्दी जारी रहेको अवस्थामा व्यापारीहरुले भारतबाट पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा आन्दोलनकारीले मोटरसाइकलको तेल ट्यांकी समेत खोजतलास गर्ने गरेको पाइन्छ ।

मोटरसाइकलको ट्यांकी भरी तेल पाइएमा सो तेल नष्ट गरी दिने वा मोटरसाइकल नियन्त्रणमा लिएर त्यसलाई तोडफोड तथा जलाउने काम भएको छ । सिरहा आन्दोलनको नेतृत्व गरिरहेका संघीय समाजवादी फोरम नेपालका कोषाध्यक्ष विजय यादवले नेपालमा नाकाबन्दी चलिरहेको अवस्थामा केही व्यक्तिले मोटरसाइकलमा तेल हालेर पहाडी राजधानीसम्म पुर्याउने गरेको कारण आफूहरुले मोटरसाइकलमाथि निगरानी बढाएको बताए ।
आफ्नै प्रयोगका लागि भन्दै ट्याकीलाई फुल गर्ने र अरु बाँकी गेलनमा पनि तेल लिएर जाँदै गरेको थुप्रै बाइकहरु नियन्त्रणमा लिएको बताउँदै उनले मोटरसाइकलमा व्यापार गर्नेहरुले नाकाबन्दी कमजोर पार्ने षड्यन्त्र भएको बताए ।

‘बन्दमा हामीले बाइकलाई अलि छुट दिइरहेका थियौ तर त्यसको गलत फाइदा उठाउन थालेपछि हामीले त्यसप्रति निगरानी बढाएका छौं,’ सप्तरीमा आन्दोलन गरिरहेका सद्भावना पार्टीका मनिष सुमनले भने, ‘भारतबाट बाइकमा समान ल्याएर पहाडमा पठाउनेलाई हामीले छुट दिने छैनौ । नाकाबन्दी हो भने सबैको लागि नाकाबन्दी हुन्छ ।’

कात्तिक ६ गतेदेखि मोटरसाइकलमाथि आन्दोलनकारीले निगरानी बढाएपछि दर्जनौ तोडफोड तथा आगजानी भएको छ ।
ठूल्ठुला नाकामा आन्दोलनकारीहरुले धर्ना दिएपछि ससाना नाकाबाट मोटरसाइकल र साइकलमा मालसमान ल्याएर पहाडका विभिन्न जिल्ला लगायत राजधानीसम्म पुग्ने गरेको छ ।

मधेसी मोर्चाका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गअन्र्तगत भारदहस्थित सडक खण्डमा गुडिरहेको एम्बुलेन्स र मोटरसाइकलबाट एक सय लिटरभन्दा बढी पेट्रोलियम पदार्थ झिकेर सडकमै आगो लगाएका छन् भने जनकपुरमा पनि मोटरसाइकलमा लगि रहेको तेल खोसेर आगो लगाएका छन् ।
त्यस्तै सिरहाको लहान, सुखिपुर, वरियारपट्टी, टेनुपट्टी क्षेत्रमा व्यपारीको मोटरसाइकल र साइकल खोस्ने कार्य भएको छ ।

मोर्चाका कार्यकर्ताले विराटनगरबाट काठमाडौँतर्फ विरामी लिएर जाँदै गरेको नं खुल्न नसकेको एम्बुलेन्समा राखिएको पेट्रोल र डिजल झिकेर सडकमै पोखी आगो लगाएको स्थानीयवासी अशोक माझीले बताए ।

यस्तै मोर्चाका कार्यकर्ताले सप्तरीकै पोर्ताहा र कोसी ब्यारेजमा पनि भारतको भीमनगरबाट मोटरसाइकलमा ल्याइँदै गरेको डिजल र पेट्रोल झिकेर सडकमा पोखेको बताइएको छ । राजविराजलगायत अधिकांश ठाउँमा कार्यकर्ताले बजार, पसल शिक्षण संस्था, उद्योग, कलकारखाना, यातायात ठप्प पारेका छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget