चीनबाट इन्धन ल्याउन लाग्दा भारतीय मिडियामा तरंग

काठमाडौं ।
भारतले नाकाबन्दी खोल्ने संकेत नदेखाएपछि नेपाल सरकारले चीनबाट बैकल्पिक इन्धनको आपुर्ति प्रक्रिया अघि बढाएको छ । एमाओवादीका नेताहरुको पहलमा आपुर्ति मन्त्रालयले चीनसँग इन्धन आपुर्तिका लागि आग्रह गरेपछि अव सरकारी तहमै चीनबाट इन्धन आउने पक्रिया अघी बढेको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चीनबाट तत्काल प्राप्त हुने इन्धन रसुवागढी–केरुङ नाका हुँदै ल्याइने छ ।

नेपालमा चीनको षडयन्त्रः भारतीय मिडिया रिपोर्ट

परराष्ट्र मन्त्रालयले कूटनीतिक माध्यममार्फत शनिबारै चीनलाई औपचारिक पत्र पठाएको छ । पत्र सोमबार चीनको वाणिज्य मन्त्रालयमा पुगेलगत्तै कारबाही प्रक्रिया अघि बढ्ने छ । चीनबाट इन्धन ल्याउने प्रक्रिया औपचारिकरुपमा नै अघी बढेपछि भारतीय मिडियामा तरंग देखिएको छ । भारतले आघोषित नाकाबन्दी लादेपछि चिनियाँ र नेपाली अधिकारीका प्रयासमा भूकम्पसँगै गएको पहिराका कारण अवरुद्ध रसुवाको केरुङ नाका केही दिन अघि खोलिएको थियो । नेपालसँगका सीमावर्ती चिनियाँ नाका खुल्दा पनि भारतीय मिडियामा विभिन्न हेडलाइन बनेका थिए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget