चीनबाट दसैंअघि नै इन्धन ल्याउन चाहन्थे प्रधानमन्त्री, तर…

काठमाण्डु, ८ कात्तिक– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नाकाबन्दीका कारण उत्पन्न इन्धन संकट समाधानका लागि चीनसहित अन्य मुलुकबाट इन्धन आयात गर्न कर्मचारीतन्त्रले सहयोग नगरेको गुनासो गरेका छन् ।
ओलीले आफूसँग निकट एमाले नेताहरुसँग कर्मचारीको असहयोगले जनजीवन असामान्य बन्दासमेत टुलुटुलु हेरेर बस्न बाध्य भएको गुनासो गर्ने गरेको स्रोतले जनायो । आफूले दसैंअघि नै चीनबाट पेट्रोलियमसहित अत्यावश्यक वस्तुको आयात गर्नेबारे प्रक्रिया थाल्न सम्बद्ध मन्त्रालयका अधिकारीलाई निर्देशन दिएको तर कर्मचारीले निर्देशन पालना नगर्दा इन्धन अभावमा जनताले दसैंका बेलासमेत आवतजावतमा सास्ती बेहोर्नु परेको ओलीको भनाइ छ ।
‘मैले प्रधानमन्त्री हुनेबित्तिकै गरेको बाचाअनुसार दसैंमा चीन वा अन्य मुलुकबाट इन्धन ल्याउन निर्देशन दिएको थिएँ’, ओलीको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘तर कर्मचारीको अटेरी प्रवृत्तिका कारण जनताले दसैंका बेलासमेत सास्ती पाए ।’ खास गरी आयल निगमका अधिकारीले असहयोग गरेको गुनासो ओलीको छ ।
उच्चस्तरीय राजनीतिक समितिको आग्रह तथा आपूर्ति मन्त्रालय र प्रधानमन्त्रीको पटकपटकको दबाबपछि मात्र कर्मचारी तन्त्रले चीनबाट पेट्रोलियम ल्याउने प्रक्रिया अघि बढाएको थियो । परराष्ट्र मन्त्रालयले शुक्रबार राति आवश्यक इन्धान उपलब्ध गराइदिन माग आग्रह गर्दै शुक्रबार राति विदेश मन्त्रालयलाई औपचारिक आग्रह गरेको थियो ।kathmandutoday

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget