राष्ट्रपतिको हत्या गर्न खोजेको आरोपमा मालद्वीपका उपराष्ट्रपति पक्राउ


माले : मालद्वीपका उपराष्ट्रपति अहमद अधीबलाई मालद्वीपकै राष्ट्रपतिको हत्या प्रयास गरेको आरोपमा पक्राउ गरिएको छ ।

प्राप्त समाचारअनुसार गत महिना मालद्वीपका राष्ट्रपति अब्दुल्लाह यामिनको हत्या प्रयास भएको थियो । सो प्रयासबाट उनी बच्न सफल भएका थिए ।


राष्ट्रपति यामिन चढेको डुङ्गामा बम विस्फोट भएको बताइएको थियो । सो विस्फोटमा परी उनलाई केही नभएको र उनका अङ्गरक्षक र मालद्वीपकी प्रथम महिला सामान्य घाइते भएका थिए ।

मालद्वीपका गृहमन्त्री उमर नसिरले भने, 'उपराष्ट्रपति अधीबलाई नियन्त्रणमा लिइएको छ र उहालाई हिरासतमा राखिएको छ ।'

उनलाई हिरासतमा राखिएको जानकारी मालद्वीपका गृहमन्त्री नसिरले आफ्नो ट्वीटर अकाउन्टमार्फत शनिबार जानकारी गराएका हुन् हो । उनलाई शनिबारै पक्राउ गरिएको हो ।

उनी सिङ्गापुरबाट स्वदेश फर्किनासाथै मालद्वीप अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ गरिएको बताइएको छ । उपराष्ट्रपति अधीब ३३ वर्षका छन् ।

राष्ट्रपति यामिन चढेको डुङ्गामा भएको सो विस्फोटको बारेमा प्रहरीले महिना दिनसम्म अनुसन्धान गरेको र सो अनुसन्धानका क्रममा उनको सम्लग्नता रहेका प्रमाणहरू भेटेको प्रहरीले जनाएको छ ।

उनलाई अदालतकै आदेशअनुसार देशद्रोहको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । एजेन्सीannapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget