काठमाडौं, ७ कात्तिक । अबैध रुपमा बसेका गर्दै आएका १४ नेपाली कामदारहरू मलेसियामा पक्राउ परेका छन् ।
मलेका अध्यागमनले १४ नेपालीसहित १ सय ३९ जना गैर कानुनी रुपमा काम गरिरहेका विदेशी कामदारहरूलाई पक्रेको हो ।
पक्राउ पर्नेमा सबैभन्दा धेरै बंगलादेशी १ सय २० जना छन् ।
अध्यागमन विभागले वुकिट रामवी औद्योगिक क्षेत्रमा छापा मारेर गैर कानुनी रुपमा रहेका कामदारलाई पक्रेको मलेसियन सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बंगालदेशी र नेपालीसहित समातिएका उनीहरूको उमेर २० देखि ४५ वर्षसम्मका रहेको मलेका अध्यागमन विभागका मोहम्मद लामस अथमानले जानकारी दिएका छन् । गैर कानुनी रुपमा कामदार राख्नेलाई समेत प्रहरीले पक्राउ गरेको छ ।dainiknepal
Post a Comment