नेपालमा तेल तस्करी भएको भन्दै भारतीय सुरक्षाकर्मी यसरी परिचालन भए

काठमाडौं, ८ कात्तिक । झण्डै एक महिनादेखिको भारतको अघोषित नाकाबनदीले नेपालीहरूको दैनिक जीवनमा प्रभाव परिरहेका बेला भारतीय सञ्चारमाध्यमहरूले भने भारतले नेपालमा कुनै प्रकारको नाकाबन्दी नलगाएको दाबी गरेका छन् ।
भारतीयका अधिकांश न्यूज पोर्टलहरूले नेपालमा नाकाबन्दी नरहेको बताएका हुन् । उनीहरूले यतिसम्म भनेका छन् की नेपालमा पेट्रोल दुई सय पचास रुपियाँमा बिक्री भइरहेको भन्दै समाचार प्रकाशित गरेका छन् । भारतको अमरउजाला भन्ने दैनिक पत्रिकाले पनि नेपालमा नाकाबन्दी नरहेको जनाएको छ ।
सो पत्रिकाले नेपालमा भारतबाट पेट्रोल र डिजेल तस्करी हुन थालेको भन्दै भारतीय सुरक्षाकर्मी एसएसबी र प्रहरीले तस्करी रोक्न कडा निगरानी सुरु गरेको समाचारमा उल्लेख गरेको छ । पत्रिकाले विशेष गरेर महाकाली क्षेत्रमा तेलको तस्किरी हुने गरेको भन्दै भारतीय सुरक्षाकर्मीले उच्च सतर्कता अपनाएको जनाएको छ ।
पत्रिकाको समचारमा भनिएको छ, ‘नेपालमा नाकाबन्दी छैन । तर पहाडी इलाकाहरूमा पेट्रोलियम पदार्थको तस्करी बढ्न लागेको छ ।’
नेपालमा मधेसी मोर्चाको आन्दोलनलाई देखाएर भारतले एक महिनादेखि अघोषित रुपमा लगएको नाकाबन्दीका विषयमा गलत समाचार सम्प्रेषण गर्ने उनीहरूलाई नेपाल–भारतको खुला सिमानाका विषयमा जानकारी नरहेको स्पष्ट हुन्छ ।
अन्तर्राष्ट्रिय सन्धीअनुसार भारतीय भूमि हुँदै नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति हुने गरेको पनि जानकारी नरहेको समाचारबाट देखिन्छ ।dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget