१० कात्तिक, विराटनगर।
विराटनगरमा सोमबार साँझ प्रहरीले स्कटिग गर्ने क्रममा मधेशी मोर्चाका कार्यकर्ता हरुले मालबाहक सावरीमा पेटेल बम प्रहार गरेपछि भडप भएको । मधेशी मोर्चाका कार्यकर्ता हरुले स्कटिगका क्रममा ३ वटा पेटेल बम प्रहार गरेका थिए ।
पेट्रोलबम प्रहार पछि मलाया रोडमा सडक छेउ धर्नामा बसेका मोर्चाका कार्यकर्ता लाई प्रहरीले बल प्रयोग गरेर जवरजस्ती प्रहरीले हटाएको थियो । आईतबारदेखि मोर्चाका कार्यकर्ताहरू नेपाल भारत सीमा क्षेत्र रानी भन्दा तीन किलोमिटर उतर गौशाला जाने बाटोमा मलाया रोड छेउमा पाल टाँगेर धर्ना बस्दै आएका छन् ।
साँझ साढे ७ वजे तिर प्रहरीले स्कर्टिग गर्ने क्रममा भएको झडपलाइ नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड सर्ट गन बाट हवाइ फायर गरेको थियो भने दर्जन बढि असुरग्यास प्रहार गरेको थियो । संघिय समाजवादी फोरम नेपाल मोरङका नेता उमेश यादबका अनुसार प्रहरीको कारवाही पछि प्रर्दसनकारी धर्नास्थल भन्दा केही छेउ लागे पनि टोल तिरवाट प्रर्दसनकारी थपिदै गएको बताए ।
यता मोरङका प्रहरी प्रमुख एसपी तारणीप्रसाद लम्सालले गस्तीमा रहेका प्रहरीमाथी पेट्रोल बम हानेकाले कारवाही गर्नुपरेको बताए । उनले प्रहरीवाट केही सेल अश्रुग्यास र केही राउण्ड हवाई फायर गरिएको बताए ।
Post a Comment