दक्षिण एसिया नै हल्लाउने शक्तिशाली भूकम्प, सयभन्दा बढीको मृत्यु


फोटो :भारतमा भूकम्पले रुख लडेर दुर्घटनाग्रस्त गाडी। तस्बिर : एजेन्सी



 शक्तिशाली भूकम्पबाट भारत, पाकिस्तान, अफगानिस्तान र नेपाल प्रभावित
काठमाडौं:  दक्षिण एसियाली क्षेत्रमा सोमबार शक्तिशाली भूकम्प गएको छ। अफगानिस्तान र पाकिस्तानको उत्तरी क्षेत्रमा केन्‍द्र भएको यो भूकम्पको बढी असर भारतको उत्तरी क्षेत्र, पाकिस्तान र अफगानिस्तानमा परेको छ।


भूकम्पपछि घरबाट बाहिर निस्केका पाकिस्तानी
नेपालमा कडा धक्का महसुस भएको छ। प्रारम्भिक मापनअनुसार ७‍.७ रेक्टरको उक्त भूकम्पका कारण सयभन्दा बढीको ज्यान गएको छ भने ठूलो संख्या घाइते भएका छन्। क्षतिको  विवरण आउने क्रम जारी छ।

अफगानिस्तानमा भूकम्पका कारण कम्तिमा १८ जनाको मृत्यु भएको समाचार छ । प्रारम्भिक तथ्याङ्कअनुसार १८ जनाको मृत्यु भएको जनाइए पनि यो सङ्ख्यामा वृद्धि हुनसक्ने यहाँका अधिकारीले जनाएका छन् ।

सोमबार यो समाचार सङ्कलन गर्ने बेलासम्म नान्गाहर प्रान्तको राजधानी जलाहाबाद सहरमा रहेको एक अस्पतालमा पाँच जनाको मृत शरीर ल्याइएको र ६५ जना भूकम्पबाट घाइते भएका मानिस ल्याइएको प्रान्तीय स्वास्थ्य विभाग प्रमुख नान्जिबुल्लाह कमावालले बताए ।

यसैगरी, टाखर प्रान्तस्थित विविहिजिरा छात्रा विद्यालयका १२ जना छात्रा भूकम्पमा परी ज्यान गुमाएको ताखर प्रान्तीय सरकारका प्रवक्ता सुनातुल्ला टिमोरले बताए ।

तालुक्वान प्रान्तमा पनि ४० जना नागरिकलाई भूकम्पमा परी घाइते भएपछि उपचारका लागि विभिन्न अस्पतालमा पुर्याइएको यहाँको स्थानीय प्रशासनले जनाएको छ ।

बादखसानका विभिन्न जिल्लाबाट प्राप्त प्रारम्भिक सूचनाअनुसार यहाँ एक जनाको मृत्यु भएको बादखसान प्राकृतिक प्रकोप विभागका प्रमुख सैयद अबदुल्लाह हमायोन देहक्वानले बताउनुभएको छ ।

यसैबीच बाग्लान, ताखर, जुनान, कुन्दुज र बादखसान प्रान्तमा कैयौँ अफगानी नागरिक भूकम्पका कारण घाइते भएका छन् भने सयौँ घर पूर्णरुपमा भत्किएका छन् ।

हजारौँ घरमा भूकम्पले आंशिक क्षति पुर्याएको अफगानिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । सोमबार गएको भूकम्प ७.७ म्याग्निच्युडको भएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको थियो ।

तर, यसलाई पछि अमेरिकी उक्त संस्थाले ७.५ म्याग्निच्युडको भनी संशोधन गरेको छ ।


दिल्लीमा भूकम्पले भवन हल्लाएको हेर्दै स्थानीय तथा सुरक्षाकर्मी
भारतको खासगरी दिल्ली, हरियाना, पञ्जाब, काश्मिर भूकम्पबाट बढी प्रभावति भएका छन्। भूकम्पका कारण भारतको उत्तरी क्षेत्र, अफगानिस्तान र  पाकिस्तानका केही सहरमा मानिसहरु घर छोडेर बाहिरिएका छन्। पाकिस्तान  र अफगानिस्तानमा सुरक्षाफौजसँगै उद्धार टोलीलाई उच्च सतर्कतासहित राखिएको छ।annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget