विद्याकाे दाम्पत्य जीवन सम्झना

विद्याकाे दाम्पत्य जीवन सम्झना
मदन भण्डारीसँग मेरो चिनजान हाम्रो विवाहभन्दा अघिदेखि नै भएको थियो। राजनीतिक पार्टी, विचार र सिद्धान्त एउटै भएको कारणले गर्दा यसरी भेटघाट हुनु स्वाभाविक थियो । मैले मदनलाई सबभन्दा पहिले २०३६ सालमा भोजपरमा पार्टी बैठकमा जाँदा देखेकी हुँ। त्यसपछि ०३७ साल फागुन २१ गते पार्टी स्थापना दिवसको अवसरमा र तेस्रो पटक ०३८ सालको फागुनतिरै भेटेकी हुँ। यी भेटघाट भनेको पार्टीगत कामले नै हुने गर्दथे । तर, हामी औपचारिक रुपमा पार्टी बैठकमा भोला हुने र संगठनका बारेमा छलफल गर्ने गथ्र्यौं। यही राजनीतिक र बैचारिक सम्बन्धले गर्दा पार्टीकै प्रस्तावमा हाम्रो सम्बन्ध ०३९ साल साउन २४ गते विवाहमा परिणत भयो ।

हामी कम्युनिष्ट पार्टीका कार्यकर्ता र नेता भएका कारणले हाम्रो विवाह पार्टीगत ढंगले नै आयोजित भयो । मदन भण्डारीसँग तत्कालनी नेकपा (माले) को नेता भएकोले उहाँको सम्पुर्ण समय पार्टीको काममा बित्थ्यो। उहाँले आफ्नो जीवनको सम्पुर्ण समय कम्युनिष्ट पार्टीको काममा लगाउन चाहनुहुन्थ्यो। पारिवारिक सम्बन्धले उहाँलाई कहिल्यै बाँध्न सकेन। साथीभाइहरुसँगपनि पार्टी बैठकहरुमा औपचारिक कुरा गर्ने, अरु बेलामा पार्टी काममा व्यस्त रहने र कम बोल्ने गर्नुहुन्थ्यो । मदन कुनै देश, ठाउँ वा व्यक्तिबाट प्रभावित नभइकन आफ्नै सोचका आधारमा परम्पदावादी वामआन्दोलनलाई परिस्थितिजन्य ढंगले अगाडि बढाउन चाहनुहुन्थ्यो। उहाँको भनाइ नै थियो 'पार्टी पार्टीको लागि होइन, जनतका लागि हुनुपर्छ र कम्युनिष्ट पार्टीको नाममा कुनै किसिमको निरंकुशतालाई लाद्न दिनु हुँदैन।'

उहाँको दैनिक जीवन साह्रै व्यस्त थियो । विहान ५ बजे उठ्ने र राति १ बजे सुत्ने गर्नुहुन्थ्यो। काम साँच्ने बानी थिएन। सम्पुर्ण समय अध्ययन, टिपोट लेखनमा नै बित्थ्यो। फुर्सदको समय कहिल्यै भएन। उहाँ लगाउने र खाने कुरामा सोखिन हुनुहुन्नथ्यो । भान्सामा जे उपलब्ध छ त्यही खानुहुन्थ्यो। ज्यादै मन पनेै खाने कुरामा हरियो सागपात र दही हो। तर यसको कहिल्यै माग गर्नु भएन। उहाँलाई मन पर्ने रङ कलेजी हो । प्रचलन अनुसारको सर्टपेन्ट लगाउनुहुन्थ्यो।nagariknews
Labels:

Post a Comment

श्रदय बिद्या वन्डारीको महान राजिनितक योगदान प्रति हर्दिक आवर बक्तात गर्दै उहा को योगदान को उचा समान र मुलायांकनक साथ सफल कार्य कल को सुवाकमाना गर्दछु रोशनी लिम्बु

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget