धादिङमा पेट्रोल पाईन्छ DSP वा पम्प साहुले चिनेको हुनु पर्छ

धादिङबेसी । भारतीय नाकाबन्दीले गर्दा देखिएको पट्रोलियम पदार्थको पहुँच हुनेलाई अभाव छैन धादिङमा ।
औकात र व्याक फोर्सका आधारमा डिएसपिले पट्रोलको कुपन बनाई दिन्छन् भने धादिङबेसीका पेट्रोल पम्प साहु समेत अनुहार हेरेर कसैलाई कुपन ल्याउनुस् भन्छन् भने कसैलाई सुटुक्क आउन भन्छन् ।

पेट्रोल पम्पहरुका मालिक मध्य धादिङका टंककुमार श्रेष्ट पहुच वाला नै पर्छन् । धादिङमा तेल ल्याएका पनि छन् तर सुरुमा सिडियोले कब्जामा लिए भने अहिले DSP कब्जामा छ । पम्पमा तेल छ तर सर्वसाधारणले पाउँदैनन् सिद्धियो भनेर प्रहरीले नै पम्पभित्र जान दिदैन । दलका जिल्ला स्तरका नेता, CDO र DSP को प्रचारदाता दातालाई यो नाका बन्धीले कुनै असर पारेको छैन् । उनीहरुलाई नत DSP ले नत श्रेष्ठले रोक्छन् ।
तेल वितरणमा अनियमियता भएको स्वीकार्दैनन् धादिङका डिएस्पी सविन प्रधान हामीले तेल छउन्जेल सिफरिस गरेको हो अहिले हामीले कुपन दिएका छैनौं भनेर धादिङपेष्ट सँग फोनमा कुरा गर्दै गर्दा पेट्रोल पम्पमा कुपन ल्याको भनेर केहि मोटर साईकलले तेल भर्दै थिए । त्यसो त पम्प मालिक टंककुमार श्रेष्ठ लाई के कुपन भए तेल पाईन्छ भनेर सोद्धा कुपन ल्याउनेलाई देको जवाफ दिए । आखिर जावो तेलमा DSP किन बिबादित बन्दैछन् । DSP तेल छैन भन्ने मालिक कुपन ल्याउ भन्ने । यो ठिक उल्टो भएन र ?
पत्रकार महासंघ पत्रकार प्रति उत्तदायी बनेन
धादिंगको पत्रकार महासंघ पत्रकार हकहितको लागी देखिएन । नुवाकोटमा जिल्ला सुरक्षा समितीको वैठकमा महासंघका पदाधिकारी गएर स्थानीय पत्रकार लाई हरेक दिन ३ लिटर प्रेटोल दिने निर्णय गराएकोछ ।

धादिङ उद्योग वाणिज्य संघ पनि त्यस्तै
धादिङ उद्योग वाणिज्य संघले मनपरि कुपन वितरण गरेको देखिन्छ । जिल्लाका अधिकाँस डिजल मिल नभएर सवै विजुली वाटै संचालन छन् तर डिजलको कुपन वितरण गर्छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget