चीनविरुद्ध भारतको अर्काे षड्यन्त्र सुरु

काठमाडौं, १२ कात्तिक । आफ्नो अघोषित नाकाबन्दीकाबीच चीनले नेपाललाई सहयोग गरेपछि भारतले नयाँ षड्यन्त्र रचेको खुलासा भएको छ ।
भारतीय पत्रिकाको एक अंग्रेजी अनलाईन संस्करणले लेखेको समाचार अनुसार आफ्नो नाकाबन्दीलाई प्रभावित पार्नेगरी नेपाललाई सहयोग गरेको भन्दै चीनविरुद्ध भारतले नयाँ चाल चलेको हो ।
मधेसी मोर्चाका स्थानीय एक नेता उमेश यादवलाई उद्धृत गर्दै प्रकाशित गरिएको समाचारमा भारतले चीनविरुद्ध नेपालबाटै प्रदर्शन एवं विरोधका कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो । चीनले नेपाललाई १३ लाख लिटर इन्धन अनुदानमा दिएपछि पछिल्लो समय मधेसमा आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले समेत चीनविरुद्ध प्रदर्शन थालिसकेको छ । भारतकै सुझाव अनुसार मधेसी मोर्चाले तराई मधेसमा चीनविरुद्ध विरोध प्रदर्शन गरेको समाचार दाबी गरिएको छ ।
मधेसी मोर्चाका नेता यादवलाई उद्धृत गर्दै समाचारमा भनिएको छ-‘हाम्रा नेताहरुले भारतकै सुझावमा चीनविरुद्ध आन्दोलन थालेका हुन् । मधेस आन्दोलनमा भारतको प्रत्यक्ष सहयोग रहेकाले हाम्रो आन्दोलन सफल पार्न भारतले यस्तो सुझाव दिएको हामीले महसुस गरेका छौं । तर, भारतको स्वार्थ हामीले पनि बुझ्न सकेका छैनौं ।’
उनले मधेसी र जनजातिको अधिकारका लागि मधेस आन्दोलनमा भारतको साथ र समर्थन आवश्यक पर्ने समेत भनेका छन् । भारतको सुझाव र आग्रहमा मधेसी मोर्चाका नेताहरु आफ्नो मुद्दा कमजोर हुन नदिन चीनविरुद्ध प्रदर्शनमा उत्रिएको ती नेताको दाबी छ । तर, समाचार अन्तिम अनुच्छेदमा भारतले नेपालका मधेसी नेतालाई प्रयोग गरेर चीनविरुद्ध गर्न लगाएको दाबी गरेको छ ।
चीनले सहयोग दिने घोषणा गरेपछि मधेसी मोर्चाले अहिलेसम्म वीरगञ्ज र बारामा ‘ब्याक अफ चाइना’ भन्दै विरोध प्रदर्शन गरिसकेका छन् । यसअघि पनि मोर्चाले चीनको झण्डा जलाउनुका साथै चिनियाँ नाका समेत बन्द गर्ने चेतावनी दिएको थियो ।dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget