हरेक वर्षजस्तै यसवर्ष पनि कोजाग्रत पूर्णिमाको दिन आजै पुरस्कार वितरण गरियो । ललितपुरको सुनाकोठी बस्ने मदनकृष्णलाई पुरस्कार लिन कमलादीस्थित रसियन कल्चर सेन्टर आइपुग्न भने ठूलै सकस भयो । ‘मेरो घर रिंगरोडबाटै तीन किलोमिटर बाहिर छ । गाडीमा तेल थिएन । कसरी आउने भन्ने संकट भइरहेको बेला जीवाजीले कार्यक्रम सम्झाउन फोन गर्नुभयो । मैले आफ्नो संकट सुनाएँ, उहाँले गाडी पठाउनु भयो र म आइपुगें,’ पुरस्कार ग्रहण गरेपछि समारोहमा उनले ठट्टा गर्दै भने, ‘एक मन त पुरस्कारको यो एक लाखको पनि तेल नै मागौं कि जस्तो लागेको थियो ।’ उनको कुराले हलमा हाँसोको फोहरा छुट्यो । उनीभन्दा अघि बोल्दै सम्मानीत हरिवंश आचार्यले पनि तेलकै किस्सा सुनाए । ‘म आजै दिल्लीबाट बिहानको फ्लाइटमा फर्किएको,’ उनले सुनाए, ‘मलाई त दिल्ली एयरपोर्टमा पनि त्रिभुवन विमानस्थलमा पनि तेल संकट समाधान गर्न वार्ता गर्न आउनु भएको हो भनेर सोधे ।’ समारोहमा महलाई पद्मश्री साधना सम्मान तथा ‘लाटो पहाड’ कथा संग्रहका लागि उपेन्द्र सुब्बा र ‘मान्ठा डराएको जुग’ नियात्रा संग्रहका लागि मोहन मैनालीलाई संयुक्त रुपमा पद्मश्री साहित्य पुरस्कार प्रदान गरियो । पद्मश्री साधना सम्मान र पुरस्कार दुवैको राशी दुई–दुई लाख छ ।kantipur
मदनकृष्णलाई पुरस्कार भन्दा तेल प्यारो !
कार्तिक ९, २०७२- भारतको नाकाबन्दी र दसैंको प्रभावका कारण सडकमा गाडीको संख्या घटिरहेको छ । इन्धन अभावको प्रभाव सबै क्षेत्रमा परिरहेको छ । इन्धन अभावको यस्तै किस्सा सोमबार कलाकार मदनकृष्ण श्रेष्ठले सुनाए । एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछाने संरक्षक रहेको खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानले यस वर्षको पद्मश्री साधना सम्मान महलाई दिने पहिले नै घोषणा गरेको थियो ।

Post a Comment