मधेशी मोर्चाले गरेको अनिश्चितकालिन बन्द गरको ७१ औं दिन र नेपाल भारत नाका बन्दको ३१ आंै दिन कुर्मी समाजले ऐक्यवद्धता जनाउँदै मधेश आनदोलनलाई शनिबारबाट वीरगंजमा सशक्त रुपमा कडा पारेका छन् ।
संघिय समावेसी मधेशी मोर्चा तथा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको मधेश बन्दको समर्थनमा शनिबार पर्सा र बाराका कुर्मी समाजले वीरगंजमा जुलुस प्रदर्शन गरेका छन् । जुलुस प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले तरवार तथा भाटा हातमा लिएर प्रदर्शन गरेका थिए ।
कुर्मी समाजका पर्साका अध्यक्ष संतोष पटेल र बाराका अध्यक्षको नेतृत्वमा निकालिएको जुलुसमा शिव शंकर आर्य, पारस राउत कुर्मी राम नारायण कुर्मी लगायतका अगुवाईमा निकालिएको जुलुसमा हजारौ हजारको सहभागिता रहेको थियो । गाँउ गाँउबाट ट्याक्टर टेम्पो, बस लगायतका सवारी साधनमा आएका कुर्मीहरु बाजागाजा सहित निकालिएको जुलुस वीरगंज रक्सौलको दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा पुगेर धर्नामा बसेका छन् ।
नेपालको मुख्य आर्थिक नाकामा ऐक्यवद्धता जुलुसलाई मधेसी मोर्चाका नेताहरु राम सहाय यादव, प्रदिप यादव, पुरुषोतम झा, शिव पटेल, राजेशमान सिंह, शशि कपुर मिया, राजकुमार यादव, संतोष तिवारी, रामतुल्लाह खान, जटाशंकर गुप्ता, निजामुदिन समानी, किसोरी यादव, नन्दन यादव, कृष्णा प्रसाद कुर्मी, करिमा बेगम, मुनी श्रीवास्तव, अनिता रौनियार, रेखा साह लगायत मोर्चाका नेताहरुले ताली बजाएर स्वागत गरेका छन् ।
Post a Comment