ताजाखबर, कात्तिक १० गते-
भारतीय सिमानाका भैरहवामा भारतीय पक्षले आज साँझदेखि मानिस हिँडडुलमा समेत रोक लगाएको छ ।
भारतको जिल्ला पञ्चायत अध्यक्ष एवम् सदस्यहरुको चुनावलाई मध्यनजर गर्दै महाराजगञ्ज र सिद्धार्थनगरका सुरक्षा एवम् प्रशासकले घोषित रुपमै नाकाबन्दी गरी हिँडडुलमा रोक लगाएका हुन् ।
बिहीबार मतदान सकिएर मतपेटिका सुरक्षित स्थानमा नपुर्याएसम्म नाकाबन्दी हुने भारतीय पक्षले जनाएको छ ।
चुनाव सकिएपछि भने नाका खुल्नेछ । नेपालतर्फ सीमाना जोडिएको नवलपरासीदेखि रुपन्देहीको मर्चवारसम्म ८६ किलोमिटर क्षेत्रमा भारतले चुनावका कारण नाकाबन्दी गरेको हो । यस्तै, सिद्धार्थनगर जिल्लाका अधिकारीले कपिलवस्तु जिल्लाको पुर्वीक्षेत्रमा नाकाबन्दी घोषणा गरेका छन् ।
सिमावर्ती महाराजगञ्ज र सिद्धार्थनगर जिल्लामा २९ तारिखमा मतदानको कार्यक्रम छ । भारतमा चुनावलाई मध्यनजर गर्दै नेपालतर्फ पनि कडा सुरक्षा गरिएको छ ।etajakhabar
Post a Comment