माल्दिभ्सका उपराष्ट्रपति पक्राउ, राष्ट्रपतिले दिएका थिए पक्राउ गर्ने आदेश

माले : माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिनले आफ्ना उपराष्ट्रपति अहमद अदीबलाई राष्ट्रद्रोह गरेको आरोपमा पक्राउ गर्न लगाएका छन्।

माल्दिभ्स इन्डिपेन्डेन्टले जनाए अनुसार सिंगापुरबाट फर्किएका उपराष्ट्रपतिको विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको केही समयमा नै उनलाई पक्राउ गरिएको थियो।

माल्दिभ्सका गृहमन्त्री उमर नसीरले उपराष्ट्रपतिलाई गिरफ्तार गरिएको र उनलाई धुनिधु डिटेन्सनमा राखिएको ट्विट गरेका छन्।

राष्ट्रपति यमिनप्रति लक्षित गर्दै केही अघि भएको विस्फोटकै अनुसन्धानका क्रममा उपराष्ट्रपतिलाई गिरफ्तार गरिएको हुनसक्ने अनुमान लगाइएको छ। pahilopost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget