काठमाडौं । कांग्रेस सभापति सुशील कोइरालालाई बन्दुक देखाएर प्रधानमन्त्रीको उम्मेदवार बनाइएको एक नेताले बताएका छन् । नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छे ‘रोहित’ले पेस्तोल तेस्र्याएर सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बन्न बाध्य पारिएको बताएका हुन् ।
अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ–भक्तपुरमा नेपाल साहित्य सम्मेलनलाई सम्बोधन गर्दै बिजुक्छेले राष्ट्रपति डा. रामवरण यादवलाई नै साक्षी राखेर दक्षिणी शक्तिले कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बन्न दबाब दिइएको बताएका हुन् ।
‘राष्ट्रपति डा. रामवरण यादवकै निवास शीतलनिवासमा सुशील कोइरालालाई दक्षिणी शक्तिले प्रधानमन्त्रीको उम्मेदवार बन्न दबाब दिइयो’ उनले भने, ‘कांग्रेसका एक नेताले मलाई दिएको जानकारी अनुसार प्रधानमन्त्रीको उम्मेदवारी दिन कोइरालामाथि पेस्तोलसमेत तेस्र्याइएको थियो ।’khabardabali
Post a Comment