नेपालमा नाकाबन्दी लगाइरहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ठूलो संकटमा फसेका छन् ।नेपालको संविधानमा असन्तुष्टि जनाएर संशोधन गर्न सुझाव दिने मोदी आफ्नो गृहनगर गुजरातमा भड्किएको हिंसा रोक्न असफल हुने चिन्ताले पद नै शंकटमा परेको भारतीय सञ्चार माध्यमले टिप्पणी गरेका छन् । गुजरातमा भड्किएको हिंसाकै कारण मोदीका एक नेताको उनको घर नजिकै हत्या भएको छ । स्थानीय युवाहरुले भारतीय जनता पार्टीका महामन्त्री ४५ वर्षीय कपूरचन्द ठाकरेलाई कुटेर हत्या गरेको समाचारमा जनाइएको छ ।
मध्यराति दुई युवाको कुटपिटबाट घाइते ठाकरेको आइतबार उपचारका क्रममा नागपुरको निजी अस्पतालमा मृत्यु भएको थियो । यो घटनापछि गुजरातको सिवनीको जिल्लाको बरघाट सहर तनावग्रस्त बनेको छ । आफ्ना नेताको हत्या भएपछि सिवनी जिल्लाका गाउँ गाउँबाट कार्यकर्ता बरघाट पुगेर प्रदर्शनमा उत्रिएका छन् । आक्रोशित कार्यकर्ताले सिवनी जिल्ला कलेक्टरको कारमा तोडफ़ोड गरेर जलाइदिएका छन् । स्थिती नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले बरघाट बजारमा सोमबार बेलुकादेखि अनिश्चितकालका लागि कर्फ्यू लगाएको छ ।
घाट पुलिस थाना प्रमुख गनपत सिंहले बरघाटदेखि उत्तर-दक्षिण, पूर्व पश्चिममा २२ किलोमिटर दुरीमा अनिश्चितकालिन कर्फ्यू जारी गरिएको बताए । आफ्ना नेताको हत्या भएपछि आक्रोशित कार्यकर्ताले सडकमा उत्रिएर सोमबार साँझै बरघाट नगरको पुरै बजार बन्द गराएका थिए । सिवनी जिल्लाका प्रहरी प्रमुख अधिक्षक आरपी सिंहले भाजपा महामन्त्री ठाकरेको हत्यामा संलग्न दुई युवालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । स्थिती सामान्य बनाउन सार्वजनिक आम नागरिकलाई सार्वजनिक रुपमै प्रशासनले अपील गरेको बताए । तर पनि यो विषयमा मोदी केही बोलेका छैनन् । यसअघि पनि गुजरातमा पटेल समुदायले आन्दोलन गरेको थियो । जसका अगाडि मोदी सरकार झुकेको थियो । दैनिक नेपालमा खबर छ ।
Post a Comment