यी ५ जुस सेवन गर्दा ध्यान पुर्याउ, नत्र फाइदा होइन बेफाइदा गर्ला! पढ्नुस
विगत केही वर्षयता आयुर्वेदिक औषधिको प्रयोग बढ्दै गरेको छ। आयुर्वेदिक औषधिको फाइदाहरुको बारेमा जानकारी भएपछि मानिसहरु चिकित्सकको सल्लाह बिना नै यस्ता आयुर्वेदिक औषधिहरुको प्रयोग गरिरहेका हुन्छन्। आयुर्वेदिक औषधिहरुले कुनै किसिमको नकरात्मक असर गर्दैन भन्ने भ्रम हामीमा रहेको छ। कुनै औषधिले फाइदा गर्दैन भने बेफाइदा पनि गर्दैन भन्ने मानसिकता मानिसमा हुन्छ र चिकित्सकको सल्लाह बिना नै आयुर्वेदिक औषधि प्रयोग गर्छन्। प्राकृतिक उत्पादनले हामीलाई फाइदा पुर्याउँछ तर प्रयोग गर्नु अगाडि हामीले ती कुराहरुको बारेमा सम्पूर्ण जानकारी लिनुपर्ने हुन्छ।
यस्ता आयुर्वेदिक उत्पादनहरुमध्ये अहिले विभिन्न प्रकारका प्राकृतिक तरकारी, फलफुल तथा जडीबुटीहरुको जुस तथा रसहरु पिउने होडबाजी चलेको छ। घीउकुमारी, लौका, अमला, करेला आदीका जुसहरु फाइदाजनक हुन्छ भनेर सुन्दै आएका छौँ र हामीमध्ये धेरैले बिना सल्लाह यस्ता जुस तथा रसहरु सेवन गछौँ। आफ्नो शरिरको अवस्था र समस्याका बारेमा नबुझी र यी जुस तथा रसहरुको पनि शुद्धता र प्रयोगको विधिका बारेमा नजानी पिउँदा शरिरमा फाइदा पुग्नुको साटो बेफाइदा हुनसक्छ। घीउकुमारीको जुसः घीउकुमारीको जुस छाला र कपालको लागि एकदमै लाभदायी मानिन्छ। मुटु र कलेजोलगायत शरीरमा लाग्ने अन्य रोगहरुसँग लड्ने प्रतिरोधात्मक क्षमता र रगत संचारमा वृद्धि गर्न सहयोग गर्छ। तर घीउकुमारीको जुस चिसो हुने हुनाले आाफ्नो शरिरको अवस्था हेरेर मात्र यसको सेवन गर्नुपर्छ।रुघा, खोकी लागेको बेला, बर्खा र जाडोको समयमा यो जुस नपिउनु नै राम्रो मानिन्छ। त्यस्तै यो जुसले नयाँ कोशिकाहरु (सेल्स) बनाउने भएकाले क्यान्सरका रोगीहरुलाई यो जुस नपिउन सल्लाह दिइन्छ। जुस कति र कुनबेला पिउनेः बिहान खाली पेट पानीसँग १० देखि ३० मिली। अमलाको जुसः अमलाको जुुसले वजन कम गर्न मदत गर्नुका साथै आँखा, कपाल र छालाका लागि पनि फाइदाजनक हुन्छ। यसले प्रतिरोधात्मक क्षमता र पाचन प्रणाली पनि बलियो बनाउँछ । शरीरको गर्मी कम गर्नुका साथै ग्यासट्रिकलाई पनि कम गर्छ।अमलाको जसु गर्मी मौसममा खान सकिन्छ। चिसोका विरामी, खोकी लागेका तथा बर्खा र जाडो मौसममा यो नखानु नै बेस हुन्छ। जुस कति र कुनबेला पिउनेः बिहान खाली पेट पानीसँग २० देखि ४० मिली। जामुनको रसः जामुनको जुस मधुमेहका रोगीहरुका लागि धेरै नै फाइदाजनक हुन्छ। यसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ र पाचन प्रणालीलाई पनि ठीक राख्छ। तर बाथ रोग र घाँटीमा खसखस वा दुखाई भएका व्यक्तिहरुका लागि यो जुस हानिकारक हुनसक्छ। जुस कति र कुनबेला पिउनेः बिहान खाली पेट पानीसँंग २० मिली। करेलाको रसः करेलाको रसले पनि मधुमेहको खतराबाट जोगाउँछ। यसकारण पछिल्लो समयमा करेलको जुस खानेहरुको संख्या बढ्दो छ। तर ठन्डी मौसम सकिन लाग्दा भने यसको सेवन गर्नुहुँदैन। यसले पेट दुख्ने र ग्यासट्रिकको समस्या हुनसक्छ। पखाला लागेका समयमा पनि करेलको रस पिउनु हुँदैन। जुस कति र कुनबेला पिउनेः बिहान खाली पेट पानीसँग २० मिली। जमरा (कलिलो मकै वा जौको बोट)को रसः जमराको रस पनि स्वास्थ्यका लागि राम्रो मानिन्छ। यसले रगतको कमी हटाउने र क्यान्सरका बिरामीहरुलाई पनि फाइदा पुर्याउने पाइएको छ। तर यसको रस मधुमेहका रोगीहरुले भने पिउनु हुँदैन। जुस कति र कुनबेला पिउनेः बिहान खाली पेट पानीसँग ४० मिली । माथि उल्लेखित बाहेक पनि अन्य थुप्रै यस्ता रस, जुस तथा प्राकृतिक औषधिजन्य चिजहरु खानुअघि त्यसका बारेमा सम्पूर्ण जानकारी लिनु आवश्यक हुन्छ। यिनीहरुको बारेमा जानकारी लिएर प्रयोग गरेमा थुप्रै फाइदाहरु लिन सकिन्छ।
Post a Comment