नेपाल र चीनले यी दुई ढोका खोले भारत डुब्न सक्छ !
काठमाण्डु, ११ कातिक– यसबेला नेपालविरुद्ध अघोषित नाकाबन्दी गरेर भारतले विश्वभर अलोकप्रियता कमाइरहेको छ । नेपालका दुई छिमेकी भारत र चीनले गरेको अकल्पनिय विकासको प्रभावले विकासशील राष्ट्र नेपाललाई पनि केही प्रभाव त पारेको छ नै तर भारतको चरम घमण्डका कारण आज नेपालीले सास्ती बेहोर्नुपरेको छ । यही सवालमा भारतले आफ्नो घमण्ड देखाउँदा नेपाल र चीन मिलेर त्यही खालको घमण्ड देखाए भारतलाई ठूलो प्रभाव पर्नसक्ने देखिएको छ ।
विकासकै कुरा गर्दा केही वर्षअघिदेखि भारतलाई धक्का दिने गरी चीनले ब्रम्ह पुत्र नदीमा ड्याम बनाएर विश्वलाई चकित बनाएको छ । विश्वशक्तिका रुपमा उदाएको चीनले भारतविरुद्ध स्लो प्वाइजनका रुपमा आफ्नो रणनीति अपनाइ रहेको बताइन्छ । संसारको सबैभन्दा अग्लो स्थानमा निर्माण भएको ब्रम्हपुत्र नदीको परियोजना नौ अर्व ६० करोड युआन अर्थात एक अर्व ५० करोड डलरमा तयार भएको छ ।
यो तिव्वतमा निर्माण भएको सबैभन्दा ठूलो जलविद्युत परियोजना पनि हो । यसबाट उत्पादन हुने विद्युतले तिव्वतको एक तिहाइ विद्युत मागलाई एक्लैले पूरा गर्नेछ।विश्वको छाना भनेर चिनिने तिव्वतको ३३०० मिटरको उचाइमा बनेको यो आयोजना चीनको हाउनेन समूहले बनाएको हो । तिव्वतमा यारलुङ जाङबु नदीले चिनिने यही नदी बग्दै भारत र बंगलादेशसम्म पुग्छ । भारतमा यो नदीलाई ब्रम्हपुत्र भनेर चिनिन्छ ।
सहनान प्रिफ्केचरको ग्याचा गाउँमा बनेको यो जलविद्युत् परियोजना निर्माण सम्पन्न भएपछि भारतलाई भने टाउको दुःखाइ बनेको छ ।ब्रम्हपुत्रको शिरमा बनेको ड्याम ‘युद्ध’ जस्तो समयमा खोलिदिए भारत नै तहसनहस हुने भन्दै भारतमा यस्को विरोध भएको हो । चीनले भने यो आयोजना ‘रन अफ दि रिभर’ भन्दै यसबाट भारतलाई कुनै क्षति नहुने जानकारी दिएको छ । चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले परियोजनाबाट भारतलाई कुनै पनि समस्या नहुने बताइन् ।
सन् १९७२ देखि अध्ययन थालिएको यो परियोजना निर्माणका लागि सन् २००९ मा गेजुवा समूहलाई छानिएको थियो । यसबाट सन् २०१४ को नोभेम्वर २३ मा पहिलो युनिटबाट विद्युत् उत्पादन थालिएको थियो। परियोजनामा ८५ मेगावाटका छ वटा युनिट लगाइएको छ । परियोजनालाई वातावरण मैत्री बनाउन माछा हिंड्ने छुट्टै बाटो बनाइएको छ । जसका लागि कम्पनीले करोडौं रुपैयाँ खर्च गरेको छ । त्यसैगरी सिभरेज लगायतका विभिन्न काममा पनि कम्पनीले ठूलो रकम खर्च गरेको छ ।
अब चीनले यो ड्यामभन्दा माथि ६४० मेगावाटको दागु तथा ५६० मेगावाटको जेइचु र यो परियोजनाभन्दा तल ३२० मेगावाटको जियाचा ड्याम बनाउन अनुमति दिएको छ ।११६ मिटर अग्लो र ३८९ मिटर लामो कंक्रिट ड्यामले यारलुङ जाङबु नदीको पानीलाई रोकेको छ । तसर्थ, यस परियोजना भारतका लागि टाउको दुखाईको विषय भएको बताइन्छ ।
यता, नेपालबाट बग्ने कोसी नदी पनि भारतका लागि टाउको दुखाइको विषय भएको छ । कोशी नदीमा निर्माण गरिएका ढोका वर्षातको भेलले बिहार डुबाउने संकेतका साथ भारतले नियन्त्रणजस्तै गर्दै आएको छ । यसमा पनि नेपालले कडा नीति ल्याएर चाबी आफ्नो हातमा राख्न सके भारतको सातो जानसक्ने जानकारहरु बताउँछन् ।kathmandutoday
Post a Comment