भारतमा हुने विश्वकप बहिस्कार गर्न सक्छौं – पाकिस्तान

८ असोज, एजेन्सी ।

भारत र पाकिस्तानबीच हुने तय भएको क्रिकेट श्रृंखलाको विरोध गर्दै भारतीय क्रिकेट बोर्ड बिसिसिआइको कार्यालयमा आक्रमण भएपछि पाकिस्तानले भारतमा हुने विश्वकप नै बहिस्कार गर्ने चेतावनी दिएको छ ।

भारत र पाकिस्तानबीच हुने भनिएका क्रिकेट श्रृंखला स्थगित गर्ने संकेत भारतले गरेपछि पाकिस्तानबाट यस्तो चेतावनी आएको हो ।




भारतमा आगामी वर्ष टी-२० विश्वकप क्रिकेट आयोजना हुँदैछ । भारतले २ देशबीचको खेल श्रृंखला स्थगित गरेमा आफू भारतमा हुने विश्वकपमा सहभागी नहुन सक्ने चेतावनी पाकिस्तानले दिएको हो ।

पाकिस्तानसँग क्रिकेट खेल्न नहुने भन्दै भारतमा हिन्दुबादी संगठनले तिव्र विरोध गरिरहेका छन् ।

nepaliheadlines
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget