चीनबाट नेपाल इन्धन आउन लागेको समाचार विश्वभरी हेडलाइन बन्यो, बेलायतको डेली मेल देखि जापानको जापान टाइम्स र याहू न्यूज सम्म कस्ता कस्ता हेडलाइन


भारतले नाकाबन्दी खोल्ने संकेत नदेखाएपछि नेपाल सरकारले चीनबाट बैकल्पिक इन्धनको आपुर्ति प्रक्रिया अघि बढाएको छ । चीनले नेपाललाई इन्धन अनुदान दिन लागेको समाचार भारतीय मीडियामा मात्र नभएर विश्वभरीका चर्चित मिडियामा हेडलाइन बनेका छन् ।

चीनबाट इन्धन ल्याउने प्रक्रिया औपचारिकरुपमा नै अघी बढेपछि भारतीय मिडियामा विशेष तरंग देखिएको छ । भारतले आघोषित नाकाबन्दी लादेपछि चिनियाँ र नेपाली अधिकारीका प्रयासमा भूकम्पसँगै गएको पहिराका कारण अवरुद्ध रसुवाको केरुङ नाका केही दिन अघि खोलिएको थियो । नेपालसँगका सीमावर्ती चिनियाँ नाका खुल्दा पनि भारतीय मिडियामा विभिन्न हेडलाइन बनेका थिए ।

जापान टाइम्सको समाचार



बेलायती पत्रिका डेली मेलको अनलाइन संस्करणमा प्रकाशित समाचार



याहू न्यूजमा प्रकाशित समाचार
विश्व चर्चित समाचार एजेन्सी एसोसिएट प्रेस (एपी) ले बनाएको समाचारलाई विश्वासका सबैजसो चर्चित सञ्चार माध्यमले हेडलाइन सहित प्रकाशित गरेका छन् ।

भारतको टाइम्स अफ इण्डिया देखि याहू न्यूज र बेलायतको चर्चित पत्रिका डेली मेलमा समेत चीनले नेपाललाई इन्धन अनुदान दिन लागेको समाचार प्रकाशित भएको छ ।

चीनबाट इन्धन ल्याउन लाग्दा भारतीय मिडियामा तरंग




गल्फ टाइम्सले समेत नेपालले चीनबाट इन्धन ल्याउन लागेको विषयलाई हेडलाइन समाचार बनाएको छ । चीनले नेपाललाई चाहिएको सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको उल्लेख गर्दै गल्फ न्यूजले भारतसँगको एकलौटी निर्भरताले नेपाल चरम संकटमा परेको उल्लेख गरेको छ । मधेशका आन्दोलनकारीले भारतबाट आएका गाडी जलाएको समेत उल्लेख गरेको छ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget