'तेलको अवैध कारोबारमा प्रहरी संलग्नता'बारे अख्तियारको ध्यानाकर्षण
बुधबार ११ कार्तिक, २०७२
टेकनारायण भट्टराई
तेलको अवैध कारोबारमा प्रहरी संलग्नताबारे अख्तियारको ध्यानाकर्षण
काठमाडाैं- राजधानीको सामाखुसी चोक नजिकैको एक घरमा प्रहरीको गाडीमा शंकास्पद ढंगले ल्याएर पेट्रोल र डिजेल भण्डारण गरेको खुलेको छ। बा२झ १९४ नम्बरको प्रहरी गाडीमा करिब तीनसय लिटर तेल झारेर निजी घरमा लुकाइएको स्थानीयले बताए। गाेप्यरूपमा तेल लाएर त्यहाँबाट बिक्री हुनेगरेको छिमेकीहरूको भनाइ छ।
'दिउँसो १२ बजे प्रहरीको गाडी अायो,' एक छिमेकीले नागरिकन्युजसँग भने, 'पेट्रोलको गन्ध अायो, के रैछ भनेर हेरेको १० वटा ठूलो भाँडामा प्रहरीको गाडीबाट तेल झार्दै गरेको देखियो।' ती छिमेकीका अनुसार प्रहरीले सर्वसाधारणलाई गाडीको नजिक जान र तस्बिर खिच्न रोकेको थियो।
गएको सोमबार पनि प्रहरीको गाडीले त्यहाँ करिब तीन सय लिटर तेल झारेको सामाखुसीका व्यापारी अोम भण्डारीले बताए। 'हामीलाई रातभर लाइन बसेर बिहान प्रहरीले नै लखेटेर रित्तो हात पठाउने, तपाईँहरू यसरी कालो धन्दा गर्ने भन्दै मैले कराएँ,' भण्डारीले नागरिकन्युजसँग भने, 'तँ को होस् बढी बोल्ने भन्दै धपाए।' स्थानीयले प्रहरीको संकास्पद व्यवहार देखेर तेल ल्याएको प्रहरीको गाडी घेरा हाल्ने प्रयास गर्दा प्रहरी त्यहाँबाट भागेका थिए।
अख्तियारको ध्यानाकर्षणः
अख्तियार दुरूपयोग अनुसन्धान अायोगका प्रबक्ता एवं सहसचिव कृष्णहरि पुस्करले यसबारे छानबिन हुने बताए। 'यस्तो बेलामा प्रहरीबाटै पेट्रोलियम पदार्थको अबैध कारोबार हुनेकुरा कल्पना भन्दा बाहिरको हो,' उनले नागरिकन्युजसँग भने 'हामी यसबारे तुरून्तै छानबिन थाल्नेछाैं।' उनले अाजै मुद्दा दर्ता गरेर यसबारे छानबिन थाल्ने बताए।
सामाजिक सञ्जाल ट्विटरमा चर्चाः
प्रहरीको पेट्रोल धन्दा बा२ झ १९४ नं.को प्रहरी गाडी अायो।पेट्रोल झारो।घरमा लुकायो,बेच्यो,फेरी ल्यायो।
@NepalPoliceHQ pic.twitter.com/InJKssKYNF
— Teknarayan Bhattarai (@Teknarayan_) October 27, 2015
अख्तियार प्रबक्ताले ट्विटरमा ध्यानाकर्षण भएको बताएः
@Teknarayan_ @NepalPoliceHQ noted,it is a serious issue.CIAA will also talk to concerned authorities for necessary investigation and action.
— Krishna Hari Pushkar (@khpushkar) October 27, 2015
- See more at: http://nagariknews.com/main-story/story/47705.html#sthash.XzQC98Zn.dpuf
Post a Comment