भारतसँग मिलेर ‘नाकाबन्दी’ गर्ने राजेन्द्र महतोको नागरिकता विवादास्पद भेटियो

काठमाडौं, ८ कात्तिक । नेपालको प्रमुख भन्सार नाका वीरगञ्जको दशगजामा टेन्ट टाँगेर बसी नेपालमा नाकाबन्दी लगाएका सद्भावना पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र महतोको नेपाली नागरिकतालाई लिएर चार वर्ष अगाडिदेखि नै छानविन सुरु भइसकेको तथ्य सार्वजनिक भएको छ ।

पटक पटक मन्त्री भइ उच्च ओहदको सुविधा लिँदै आएका महतोले लिएको नागरिकताको आधिकारिकतालाई लिएर गृह मन्त्रालयले २०६८ साल फागुनदेखि औपचारिक रुपमा छानविन थालेको तथ्याङ्कले देखाएको छ ।
तर त्यस बेला महतो स्वास्थ्य मन्त्री रहेकाले उनलाई कारबाही प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी सर्लाही जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई लेखी पठाएको देखिएको छ ।

सद्भावना पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री महतोले नेपाली नागरिकता कानुन विपरित लिएको भन्दै उजुरी परेपछि गृह मन्त्रालयले छानविन अगाडि बढाएको थियो । स्रोतका अनुसार महतोको जन्म भारतमा भएको हो । उनले नेपाल प्रवेश गरेर सर्लाहीबाट अंगिकृत नागरिकता लिएको आरोप छ ।

उनी उच्च पदमा रहेकाले स्थानीय प्रशासन र गृह मन्त्रालयले पनि महतोको नागरिकताको विषयमा धेरै खोजविन गरेको थिएन । तर अब उनलाई छानविन र कारबाहीको दायरामा राख्नुपर्ने जोडदार रुपमा माग उठ्न थालेको छ ।


सर्लाही जिल्ला प्रशासनले लेखेको पत्रमा भनिएको छ, ‘पत्रमा उल्लेखित नागरिकताको बारेमा छानविन गर्नको लागि हाल कुनै अभिलेख फेला नपरेको । यस बारेमा बुझ्दा माओवादी सशस्त्र जनयुद्धको समयमा मिति २०६२/१२/२३ गते मलंगवा आक्रमण हुँदा यस कार्यालयमा पनि आगो लगाइएको थियो ।

यसै क्रममा उक्त मितिभन्दा अघिको नागरिकता सम्बन्धी अनुसूचीलगायत सम्पूर्ण लगत तथा कागजपत्रहरू जलेर नष्ट भइसकेको हुँदा उक्त उजरी उपर छानविन एवम् कारबाही प्रक्रिया अघि बढाउन कठिनाइ भएको छ । साथै हालको मन्त्रिपरिषदको सदस्यलाई यस कार्यालयमा बोलाइ छानविन गर्न वाधा परेकोले सो सम्वबन्धमा आवश्यक निर्देशन पाउन समेत अनुरोध छ ।’

अहिले मधेसीलाई नागरिकता, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र तराईमा दुई प्रदेश चहियो भनेर नाकाबन्दी गरेर आन्दोलन गरिरहेका सद्भावना पार्टीका अध्यक्ष महतोलाई कारबाही गर्नुपर्ने माग पनि उठ्न थालेका छन् ।
ajensi

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget