जिल्लाको मुम्रा गाविस ८ किउरी घर भए की २१ वर्षीया सरिता सिम्खाडाले एक महिलाले आफुलाई वेच्न लगेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन । पलाता क्षेत्रमा पर्ने राम्नाकोट गाविसकी २५ वर्षिया जानकी शाहीले वेचविखन गर्ने प्रयास गरेको आरोपमा आईतवार जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएकी हुन ।
चेलिवेटी वेचविखनका आरोपी शाही विरुद्ध पीडित सिम्खाडाले आफूलाई धनि केटा सँग विवाह गरिदिने प्रलोभन देखाएर कठमाण्डौ पुगाई वेच्न खोजेको भन्दै उजुरी दिएको बताईन ।
पीडक शाहीले टिका लगाएको भाईसँग विवाह गरिदिन्छु काठमाण्डौमा घर छ भन्दै काठमाण्डौ पुगाएर एकजना नाम ठेगान नखुलेको भारतिय नागरिकलाई ३ लाख दिन भनेपछि केटाले कम दिने भन्दा कुरा नमिलेर फिर्ता भएको पीडितले वताइन ।
पुस ७ गते काठमाण्डौ पुगेको र पछि भाग्न सफल भएर जिल्लामा पुगी उजुरी दिएको उनले वताइन । यसका वारेमा कालिकोटका प्रहरी प्रमुख डिएस्पी लक्ष्मण गरुङ्गले उजुरी आएपछि घटनाका वारेमा अनुसन्धान भइरहेको र पीडकलाई समेत जिल्लामा झिकाईने वताए । हाल जानकी शाही काठ्माण्डौँमा रहेकी पीडितले बताईन ।
विभिन्न घटनाका मुद्दा जिल्ला प्रहरी कार्यालयमा आउने गरे पनि मानव वेचविखनको पहिलो मुद्दा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विवाहको आसपासन दिएर मलाई वेच्ने प्रयास गर्ने दलाललाई हदै सम्मको कानुनी कार्वाही नभए म वाच्नुको अर्थ नभएको पिडित सिम्खाडाले वताईन ।
कालिकोटवाट काठमाण्डौँ राम्रो केटासंग विहे गर्छु भन्दै फगाएर लिएको र वाटोमा आफन्तको मोवाईलमा कल आउन सक्छ भन्दै फोन समेत आफन्तलाई गर्न नदिएको उनले बताईन । उनलाई फकाएर ल्याउने जानकी शाही काठमाण्डौको नयाँ वानेश्वरमा रहेको सृष्टि ओभर सिज ईन्ट्रप्राईजेज प्रा.ली. म्यानपावर कम्पनीमा काम गर्दै आएकी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयमा पिडितले उजुरी दिए पनि दर्ता भएको छैन । अनुसन्धानका क्रममा भएकाले मुद्दा दर्ता नभएको डिएस्पी गुरुङले बताए । यो भन्दा पहिलोका मुद्दा हतार हतारमा दर्ता भए पनि यो मुद्दा भने दर्ता नभएको नाम नवताउने सर्तमा एक प्रहरी जवानले वताए । यी किशोरीलाई दलाल गरेर वेचविखन गर्ने ठुलो गृहो हन सक्ने प्रहरीले अनुमान गरेको छ ।
Post a Comment