नयाँ दिल्ली, फागुन १६ – निर्माता–निर्देशक विधु विनोद चोपडा र उनकी श्रीमती अनुपमा चोपडा दुबै स्वाइन फ्लूको शिकार भएका छन् । आफ्नो ट्विटर अकाउन्टमा अनुपमाले आफूलाई स्वाइन फ्लू भएको जानकारी दिएकी छिन् । भर्खरै पीके निर्माता विधु र उनका छोरा अग्नी पनि स्वाइन फ्लूको शिकार भएका थिए । जसका कारण उनलाई मुम्बईको जसलोक अस्पतालमा भर्ना गरिएको थियो ।
अनुपमाले ट्विटरमा जानकारी दिँदै लेखेकी छिन्, ‘साथीहरु मलाई स्वाइन फ्लू भएको छ त्यसकारण यो हप्ता कुनै रिभ्यु होइन । तपाईंहरु सबैले मलाई मैले के मिस गरेँ त्यो बताइदिनुहोस् ।’
स्मरण रहोस्, विधु विनोद एक समारोहमा पुगेका थिए जहाँ गुरु दत्तको फिल्म ‘कागजको फूल’, ‘चौदवी चान्द’, ‘साबिह बीबी और गुलाम’ को स्क्रिनप्ले लञ्च भएको थियो । उक्त कार्यक्रममा सरिक भएको केहि दिनमा नै उनलाई स्वाइल फ्लू लागेको बताइएको छ र यो रोग उनको परिवारलाई पनि सरेको बताइएको छ । विधुको स्वास्थ्यमा निकै सुधार आइरहेको र उनले चाँडै नै हस्पिटलबाट छुट्टी पाउने बताइएको छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.