विहे गरेर झण्डै बेचियो

बुधबार, फाल्गुण १३,
कोही कति सम्म निर्दयी बन्न सक्दछ भन्ने दृष्टान्त ओखलढुंगा च्यामनका एक महिला र एक पुरुष बन्न पुगेका छन् । उनीहरूले आफ्नै गाउँकी एकजना सोझी महिलालाई ललाई फकाई गरेर विवाह गरेर बेच्न खोजेको भन्दै प्रहरीले पक्राऊ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले एक महिलालाई नक्कली विवाह गरेर बेच्न खोज्ने दुई जना विरुद्ध मानव बेचविखन मुद्दा दर्ता गरेको हो । च्यानम गाविसकी एक महिलालाई विवाह गरेर बेचविखन गर्न खोज्ने च्यानम गाविसकै विष्णुमाया नेपाली र बेहुलालाई साथी जाने टारकेराबासी गाविसका रामजी विक विरुद्ध मानव बेचविखन अभियोगमा मुद्दा दर्ता गरेको हो ।

पीडित महिलाले जिल्ला प्रहरी कार्यालयलमा झुक्याएर बेच्न खोज्ने दलाललाई कारवाही गर्न माग गर्दै दर्ता गरेको उजुरीपछि प्रहरीले सोमबार आरोपिहरुलाई पक्राउ गरेको थियो ।  नक्कली बेहुलो बनेका टारकेराबारी गाविसका मुख्य अभियुक्त बेदबहादुर सार्की भने फरार छन् ।  जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बैद्यनाथ यादवले फरार आरोपितको खोजी भइरहेको बताए ।

उनीहरुले माघ ८ गते राती १२ बजे  नक्कली दुलहालाई जिम्मा लगाएर काठमाण्डौ पठाएका थिए । ललितपुको इमाडोलमा रहेका होटलमा राखेर भारतीयसँग पैसाको मोलमोलाई गरेको सुनेपछि भाग्न सफल भएको पीडितले बताएकी छिन् । मुलुकी ऐनको माव बेचविखन महल अनुसार मुद्दा दर्ता गरेर हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget