विराटनगर, फागुन १३ – मोरङको बुधनगरमा एउटा अचम्मको सर्प फेला परेको छ । हरेक दिन गाउँमा निस्कने सर्प हेर्नको लागि मोरङका बिभिन्न ठाउँबाट त्यहाँ पुग्नेको घुईंचो बढ्न थालेको छ ।
बुधनगर २ मा दुई महिनादेखि एकै समयमा एउटा सर्प देखिन्छ । हरेक दिन एउटै समयमा निस्कने अनि झण्डै आघा घण्टा बाहिर बस्ने र फेरि जहाँबाट निस्किएको हो त्यहीँ फर्किने गर्छ । सर्पको यस्तो चाला देखेर स्थानीयबासिन्दा भगवानको रुप भएको भन्दै पूजा गर्न थालेका छन् । बुधनगर २ की गेनादेवी राजबंशी सर्प भगवानको रुप भएको बताउनुहुन्छ ।
कसरी देखियो त सर्प ?
मंसिरको १५ जानै लागेको थियो । गाउँका केही मानिसहरु बाख्रा चराउनको लागि खेतको गह्रामा गएका थिए । त्यही बेलामा खेतको बीच गह्रामा कालो लामो सर्प देखा प¥यो । त्यो देखेर धेरै डराए । कति चाहिँ मार्नुपर्छ भन्दै मार्न पनि तम्सिए । तर सर्प निस्कने र हराउने क्रम चलिरह्यो ।
यो क्रम चलेको दुई महिना बितिसकेको छ । यो क्रम निरन्तर चल्दै जान थालेपछि स्थानियबासिन्दाले खेतको गह्रा अहिले सफा पारेका छन् । सर्प हरेक दिन मध्यान्ह १२ बजेदेखि दिउँसोको ३ बजेभित्र जमिन बाहिर आई सक्छ । अनि केहीबेर बाहिर डुलेर फेरि उही बाटो फर्कने गरेकोमा स्थानीयबासिन्दा छक्क परेका छन् ।
सुरुमा वास्ता नगरेका स्थानीयबासिन्दाले अहिले त्यस क्षेत्रमा डोरीले घेरा लगाएका छन् । सर्प आउने ठाउँ लिपेर सफा बनाउने अनि कचौरामा दूध तथा धान भुुटेर बनाईएको लाभा ल्याएर राखिदिने गरेका छन् । दिउँसो निस्किएपछि सर्पले लाभा तथा दूध खाने समेत गरेको छ । दिउँसो सर्प हेरेर रमाउने गाउँलेहरु साँझको समयमा त्यही ठाउँमा भजन कीर्तनमा समेत सहभागी हुन थालेका छन् ।
सुमन तिमल्सिना/ उज्यालो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment