जवान देखिन खानुहोस् मूला (मूलाका १० फाइदा)


कतिपय हामीहरु मूलालाई सस्तो तरकारीको रुपमा हेंला गछौं । तर, मूला हाम्रो स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । आउनुहोस् जानौं मूलाले हाम्रो स्वास्थ्यमा पार्ने फाइदा :
१. किराले टोक्दा :  कुनै किराले टोक्दा समयमा औषधि नलगाउने हो संक्रमण हुन सक्छ । तर, मूलाले संक्रमणबाट बचाउन सक्छ । मूलाले किराले टोक्दा हुने पोल्ने समस्या, लूतो र पीडाबाट मुक्ति दिन्छ ।
 
२. जवान रहन :  मूलामा भिटामिन सि र एन्टिअक्सिडेन्ट पाइन्छ , जसले छालालाई नष्ट हुनबाट बचाउँछ । यसकारण मूलाले मानिसलाई  सधैं जवान रहन मद्दत गर्छ । यसका अलावा मूलामा पाइने फस्फोरस तथा जिंकले छालालाई लामो समयसम्म ताजा राख्छ ।
 
३. छालाको सफाई :  मूलाले शरीरमा भएको विषाक्त तत्वलाई बाहिर निकाल्न मद्दत गर्छ, जसको फलस्वरुप छाला सफा हुन्छ । यसका साथै छालाको सफाईका लागि मूलालाई काटेर लगाउनुपर्छ ।
 
४. मसल्स बनाउन :  यदि मसल्स बनाउने इच्छा भने त्यसका लागि धेरै पोषकतत्व जरुरी पर्छ । मूलामा प्रचूर मात्रामा प्रोटीन पाइन्छ, जुन मसल्स बनाउन आवश्यक तत्व हो । मूलालाई डाइटको रुपमा पनि समावेश गर्दा धेरै फाइदा हुन्छ ।
 
५. चाया हटाउँछ :  आफ्नो डाइटमा सलाद या तरकारीको रुपमा मूलालाई सामेल गर्नुहोस् । चाया हटाउन मूलाको रस कपालको जरामा लगाएर तौलियाले बेर्नुहोस् र एकघण्टापछि धुनुहोस् । यसबाट चायाको समस्या समाधान हुनेछ । यसका अलावा मूलाले कपाल झर्न रोक्नुका साथै कपालमा चमक पनि ल्याउँछ ।
 
६. तौल घटाउँछ :  मूलामा धेरै पानीको मात्रा हुन्छ । त्यसैले मूलाको सेवनले क्यालोरी प्राप्त हुँदैंन र बोसो पनि कम गर्छ । यसैले मोटोपना घटाउनुछ भने खानामा मूला सामेल गर्नुहोस् ।
 
 
७. डाइबिटिज रोगीका लागि उपयोगी : मूलामा फाइबर हुन्छ । यसैले डाइबिटिजका बिरामीले यसलाई आरामले खान सक्छन् । मूलाले रगतमा चिनीको मात्रा सन्तुलित पार्छ, जसबाट यो डाइबिटिज बिरामीका लागि राम्रो सलाद हो ।
 
 
८. रुघाखोकीमा  :  यदि लगातार रुघाखोकीले सताएको छ भने डाइटमा मूला सामेल गराउनुहोस् । मूलामा एन्टि कन्जेस्टिभ गुण हुन्छ, जसले घाँटी सफा गर्छ । साथै यसले प्रतिरोधी प्रणालीलाई पनि मजबूत बनाउँछ ।
 
 
९. जण्डिसमा उपयोगी  : मूलाले शरीरबाट विषाक्त पदार्थ बाहिर पठाई कलेजो तथा पेटको सफाई गर्न मद्दत गर्छ । यो जण्डिस रोगमा पनि सहायक हुन्छ । यसले रगतमा बिलिरुबिनको मात्रा नियन्त्रित गर्छ र शरीरमा अक्सिजनको आपूर्ति बढाउँन मद्दत गर्छ । जण्डिसका कारण राता रक्तकोषमा क्षति हुनबाट समेत बचाउछ ।
 
 
१०. मिर्गौलाको सफाई :  मूलाले युरिनल ट्रेक्ट इन्फेक्सन (युटिआई) बाट पनि बचाउँछ । यसले मिर्गौलाको सफाई गर्छ  यसको रसबाट संक्रमणका दौरान हुने पीडाबाट पनि राहत मिल्छ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget