काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले विहीबार आफ्नी जिवनसंगिनीलाई घर भित्राएका छन् ।
बुधबार स्वयंमर गरेका कप्तान खड्काले राणा परिवारकी छोरी प्राप्ती राज्यलक्ष्मी राणालाई दुलहीका रुपमा घर भित्राएका हुन् ।
उनीहरुको विवाह होटल सांग्रिलामा सम्पन्न भएको थियो ।
विवाहका लागि पारस बुद्धनगरस्थित घरबाट जन्तीसहित होटल पुगेका थिए ।
विवाह समारोहमा नेपाली क्रिकेट टोलीका खेलाडी र प्रशिक्षक उपस्थित भएका थिए ।
कप्तान खड्काको विवाहमा नेपाली टोलीका प्रशिक्षक पुवुदु दशानायके ढाका टोपीमा जन्ती सहित देखा परेका थिए ।
लामो समयदेखि प्रेममा रहेका पारस र प्राप्तीबीच तीन वर्षअघि इन्गेजमेन्ट भएको थियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.