February 28, 2015
काठमाडौं, फागुन १६ – विपक्षी ३० दलीय मोर्चाले आज राजधानीमा गर्न लागेको शक्ति प्रदर्शनका क्रममा तीनकुनेबाट निस्किएको शान्तिपूर्ण जुलुस नयाँ बानेश्वरको सिभिल हस्पिटल पुग्दा प्रहरीले रोक्न खोजेपछि झडप भएको छ ।
जुलस सहित खुलामञ्चतिर लागेका विपक्षी दलका कार्यकर्तालाई प्रहरीले निषेधित क्षेत्रभन्दै रोकेपछि झडप भएको हो ।
प्रहरी घेरा तोड्दै आन्दोलनकारीहरु अगाडि बढ्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीले लाठी चार्ज सुरु गरेपछि आन्दोलनकारीहरुले ढुंगामुडा सुरु गरेका थिए ।
आन्दोलनकारीले ढुंगामुडा गरेपछि प्रहरी त्यहाँबाट भागेका थिए ।
त्यस्पछि अघि बढेको आन्दोलनकारीहरुमाथि प्रहरीले दर्जनौं अश्रुग्याँसका सेल प्रहार गरेका थिए ।
झडपमा आन्दोलनकारीको ढुंगा लागेर ४ जना प्रहरी घाइते भएका छन् भने प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी आन्दोलनकारी घाइते बनेका छन् ।
यतिबेला बानेश्वरको स्थिति तनावग्रस्त रहेको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.