छालाको गोरोपनको साथै चमक ल्याउन भिटामिनहरु र पानीको प्रशस्त सेवन जरुरी हुन्छ। सकेसम्म सुर्यको प्रकाशबाट बचाउने गर्नुपर्छ संवेदनशील छालालाई ।
भिटामीन सी युक्त खानेकुरा सेवन गर्नुहोस
भिटामीन सी ले छालाको रंगको गुणस्तर बढाउछ साथै छालाको मुलायमता कायम राख्दछ। छालालाई बलियो बनाइराख्न चाहिने आधारभुत प्रोटिन कोलाजेन निर्माणको लागि पनि भिटामिन सी महत्वपुर्ण मानिन्छ।
के के बाट पाइन्छ भिटामिन सी?
अमिलो प्रजातिका फलफुलहरु भिटामिन सी को स्रोतको रुपमा मानिन्छ। कागती, सुन्तला लगायत स्ट्रबेरी, गोलभेंडा आदि सेवनबाट शरीरले भिटामिन सी पाउछ ।
भिटामिन सी को चक्कीहरु पनि पाइन्छ खानको लागि। दिनको २५० मिलीग्राम भन्दा बढी नहुने गरी वा चिकित्सकले भनेको मात्रा अनुसार दैनिक सेवन पनि गर्न सकिन्छ।
भिटामिन ए युक्त खानेकुरा सेवन गर्नुहोस
छालाको रेटिनोल जुन भिटामीन ए को मद्दतले मजबुत बन्छ, छालालाई नै स्वस्थ तथा बलियो बनाउँछ। छाला लुज छ र टाइट गर्न चाहनुहुन्छ भने भिटामिन ए चाहिने हुन्छ।
भिटामिन ए अण्डाको पहेलो भाग, दुध तथा बेटा क्यारोटीन भएका खानेकुरामा पाइन्छ, जसले सुर्यले पुर्याउने असरलाई कम गर्दछ। गाँजर, खरबुजा, मेवा, गोलभेडां आदी सेवन गर्नुहोस।
छालालाई अत्याधिक सुर्यको प्रकाश र प्रदुषणबाट बचाउनुहोस
सनस्क्रिन क्रिमहरु प्रयोग गर्नुहोस। प्रदुषण छालाको गुणस्तर घटाउने प्रमुख कारण हो। सु्र्यबाट निस्कने अल्ट्राभ्वाइलेट रे ले मरेका कोषहरुलाई नयाँ बनाउने प्रक्रियामा असर पार्दछ। पुरा कपडा वा सनस्क्रिन नछुटाउनुहोस।
यो पनि पढ्नुहोस
छाला फुट्ने र डण्डिफोरको समस्या समाधान कसरी गर्ने
छाला सुन्दर र आकर्षक बनाउने १० खानेकुरा
दिनको ६-७ ग्लास पानी पिउनुहोस।
प्रशस्त पानी पिउनाले तपाईको छाला सुख्खा हुनबाट बचाउछ। साथ साथ पेट पनि सफा राख्न मद्धत गर्छ। याद गर्नुहोस्, तपाईको पेटको अवस्था ठिक छैन भने अनुहारको छालाको चमकमा प्रत्यक्ष प्रभाव पर्छ।
पेटमा समस्या भएको छ भने यी १० काम गर्नुस्
पेटको दुखाईबाट यसरी छुटकारा पाउन सकिन्छ
कागती छालामा लगाउने गर्नुहोस, यसले छालाको रंग हल्का बनाउने गर्छ
छालाको पिगमेन्टसहरुमा बिस्तारै काम गर्छ र छालालाई हिलिङ गर्ने काम गर्छ कागतीले। बराबर मात्रामा पानी र कागतीको रस मिसाइ स्प्रे वा छालामा लगाउने गर्नुहोस, फरक तपाई आफैले थाहा पाउनुहुनेछ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.