गृह मन्त्री वामदेव गौतमलाई हेलिकप्टर चालकले यसरी तह लगाइदिए

१३ फागुन, मन्थली ।
मंगलबार साँझको ५ बजेर २० मिनेट गएको थियो । हिमंगगा उच्च माविको हिरक महोत्सवको उद्घाटन गर्न रामेछापको सांघुटार पुगेका उपप्रधान तथा गृह मन्त्री वामदेव गौतम भाषण गर्दै थिए । श्री एयरलाईन्सको हेलिकप्टर कार्यक्रमको ठिक अघिल्तिर अवतरित थियो । त्यसका चालक विदेशी नागरिक क्या. जोफे थिए ।

कार्यक्रममा आएर बसेका चालक जोफेले धेरै पटक बामदेवसगैं आएका रुपनारायण श्रेष्ठ र उनका छोरासँग चाडो गर्न आग्रह गरेका थिए । घरीघरी समय हेर्दै जोफे अध्यारो हुन थालिसकेकोमा निकै चिन्तित बन्दै नागरिक उडड्यन प्राधिकरणले काठमाडौंकालागि अवतरण गर्न दिने अन्तिम समयको उनी हिसाव गरिरहेका थिए ।

वामदेव गौतम भाषण गरिरहँदा मञ्चबाट झरेका चालकले तलबाट फेरी चाँडो भाषण सक्न खवर दिए । तर। वामदेवले भाषण रोकेर क्याप्टन जोफेलाई हेर्दै भने ‘ओ, लिटील टाईम' । जोफे फन्किए र हेलिकप्टर भए तिर लागे ।

गौतमले भनेको ‘लिटिल टाईम'  उनले पर्खे पनि । तर, बामदेवको भाषण सकिएन । उनले बल्ल राजनीतिक कुरा खोतल्न लागेका थिए । जोफेको पालो ककपिटमा बसेर ईन्जिन रन्काईदिए । हेलिकप्टरको पंखा फनफनी घुम्न थाल्दा पनि वामदेवले भाषण दिंदै थिए । उता हेलिकप्टर भूंर्इं छोडेर उड्ने गरी रन्किएपछि भने वामदेवले भाषणलाई बिट मार्न पाएनन् ।

राजनीतिक भाषणको उचाई लिईरहेका बेला वामदेवले भने, सबैलाई धन्यबाद । उनी टोपी फुकालेर हेलिकप्टर तिर दौडिए । धन्न जोफेले पर्खेका थिए । वामदेव हेलिकप्टरको सिटमा बस्ने बितिकै रिसाईरहेका जोफेले हेलिकप्टरलाई एक्कासी उचाई दिए र थाक्लेको डाँडा कटाए ।

वामदेवलाई लिएर उडेको उक्त हेलिकप्टर काठमाडौं विमानस्थलमा अवतरण गर्दा मंगलबारका लागि अवतरण गर्न दिईएको समय बित्नै लागेको थियो । बढीमा ५ मिनेट मात्र ढिला भएको भए जोफेले काठमाडौं विमानस्थलमा अवतरण गर्न पाउँदैनथे ।
टीकाप्रसाद भट्टले इकान्तिपुरमा खवर लेखेका छन् ।

उनले रामेछाप फर्कीनु पर्ने थियो नै त्यस माथि नेपाली आकाशमा उडानका लागि अनुमति पाएका जोफेले आफ्नो लाईसेन्स गुमाउन पनि सक्ने थिए । कार्यक्रम सकिएको थिएन । सहभागीबीच खासखुस चल्यो । सबैलाई तह लगाउने वामदेवलाई विदेशी चालकले तह लगायो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget