यो अचम्मको अब्जेक्ट क्वासर (विकिरणको शक्तिशाली स्रोत) को केन्द्रमा रहेको छ जसले सूर्यको उर्जासँगको प्रतिस्पर्धामा केही अरब बढी विकिरण पैदा गर्दछ । बिग होल बनेको ९० करोड वर्षपछि यो ब्ल्याक होल बनेको हो ।
वैज्ञानिकहरुले यसलाई संसारकै सबैभन्दा धेरै चम्किने वस्तु भएको बताएका छन् । यो कसरी बन्यो भन्ने बारेमा अहिलेसम्म केही पत्ता नलागेपनि यस अनुसन्धानमा सम्लग्न एक वैज्ञानिकले विज्ञानमा अहिलेसम्म बनेका कुनैपनि सिद्धान्तहरुले यसलाई व्याख्या गर्न नसक्ने जनाएका छन् ।
वैज्ञानिकहरुले यस वस्तुको नाम SDSS J0100+2802 राखेका छन् । बिग होल बनेको ९० करोड वर्षपछि यसको जन्म भएको र यो पृथ्वीभन्दा १२.८ अरब प्रकाशवर्ष टाढा रहेको वैज्ञानिकहरुले जनाएका छन् ।
खोजमा सहभागी अस्ट्रेलियाका नेशलन विश्वविद्यालयका वैज्ञानिक फुयन बियानले यती कम समयमा यती ठूलो ब्ल्याक होल कसरी बन्यो भन्ने कुरा अहिलेको सिद्धान्तले ब्याख्या गर्न कठिन रहेको जनाएका छन् ।
यसअघि वैज्ञानिकहरुले क्वासरबारे अध्ययन गरेका थिए । अहिलेसम्म उनीहरुले करिब २ लाख क्वासरहरुको खोज गरिसकेका छन् । तर कुनै यति ठूलो पत्ता लागेको थिएन । चीनको पेकिङ विश्वविद्यालयका प्राध्यापक डा.जू बिङ वुले खोजको नेतृत्व गरेका छन् ।
उनले आफू यसबाट धेरै उत्साहित भएको र यो क्वासर निकै अनौठो रहेको बताएका छन् । पृथ्वीको उत्पत्तिको समयमा पनि क्वासरहरुको विकास तिव्र गतिमा भएकोले यसबाट वैज्ञानिकहरुलाई संसार उत्पत्तिका बारेमा अध्ययन गर्न सहयोग पुग्ने जनाइएको छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.