काठमाडौं । नेपाल टेलिभिजनको हास्य टेलिश्रृखला तितो सत्यकी कलाकार दिपाश्री निरौंला अहिले चर्चामा छिन् । चर्चामा आउनुको कारण उनलाई अहिले वैश चढेको छ ।
४० वर्षको उमेरसम्म केटा नपाएर विहे गर्न नसकेकी दिपा भन्छिन्-‘असली जवानीको झल्को त ४० वर्ष पुगेपछि मात्रै आउदो रहेछ ।’ बेला बेला कलाकारहरु चर्चा आइरहन्छन् । तर दिपाश्री सधैजसो चर्चामा हुने गर्छिन् ।
दीपाश्री तस्विर सार्वजनिक गर्न धेरै तरिका अपनाउँछिन् जसका कारण चर्चामा आइराख्छिन् ।
तस्विर सार्वजनिक गर्दै दिपाश्री भन्छिन्-‘वैशले ४० मा छोपेपछि के गर्ने ?’ तितो सत्यमा दिपककी श्रीमती भनेर चिनिने दिपाश्री रियल लाईफमा त्यो अवसर पाएकी छैनन् । जसका कारण ४० को उमेरमा तस्विरबाटै वैशसंग मज्जा लिइरहेकी छिन् ।
अहिले उनी दिपकसंग मलेसियामा रोमान्स गर्दैछिन् । खबरअनुसार दिपाश्री अब विहे गर्ने मुडमा छिन् । त्यसका लागि केटा खोज्दैछिन् । तर पाउन सकेकी छैनन् ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.