चट्याङ लागेर दुई जनाको ज्यान गयो

मकवानपुर, फागुन १४ – मकवानपुरका छुट्टाछुट्टै
ठाउँमा बिहीबार वर्षासँगै परेको चट्याङबाट
दुईजनाको ज्यान गएको छ । चट्याङले मन्थली गाबिस
वडा नंम्बर ३ बस्ने अक्कलबहादुर घिसिङ्गको छोरा १३
बर्षिय युवराज घिसिङको ज्यान गएको हो ।
घरमा बसिरहेको अवस्थामा उनलाई चट्याङ
लागेको जिल्ला प्रहरी कार्यालय
मकवानपुरका प्रहरी निरीक्षक दिनेश पौडेलले
जानकारी दिनुभयो ।


यसैगरी राक्सिराङ गाविस ८ चुरेडाँडामा पनि चट्याङ
लागेर ३० वर्षिय सूर्यलाल चेपाङको ज्यान
गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ
। घरभित्र चेपाङ दम्पती अगेनामा आगो तापेर
बसिरहेको अवस्थामा चट्याङ परेर परेको प्रहरीको भनाई
छ ।
यस आर्थिक वर्षको ८ महिनामा मात्र चट्याङबाट
मकवानपुरमा ११ जनाको ज्यान गैसकेको छ । ३३
जना घाइते भएका छन् ।
यस्तै दोलखामा चट्याङ लागेर एकजना घाइते भएका छन् ।
कालिञ्चोक भगवतीको मन्दिरमा दर्शन गर्न
पुगेका काभ्रेपलाञ्चोकका श्यामसुन्दर श्रेष्ठ चट्टयाङ
लागेर अचेत भएको जिल्ला प्रहरी कार्यालय दोलखाले
जनाएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget