भनिन्छ जीन्दगीमा एउटा ढोका बन्द भयो भने अर्को ढोका खुल्छ। एघार वर्षसम्म बलिउड अभिनेत्री क्याटरिना कैफको मेकअप गरेका सुभाष सिंहको जीन्दगीमा पनि यस्तै भएको छ। काममा ढिला आएको भन्दै क्याटरिनाले कामबाट निकालेपछि उनी चर्चामा आएका थिए। क्याटरिनाले कामबाट निकाले पछि केही समय कामविहिन बनेका सुभाषलाई यस अवधिले पेसा परिवर्तन गर्ने मौका जुराइदिएको छ।
‘हिन्दुस्तान टाइम्स’का अनुसार उनी फिल्म निर्माता बनेका छन। उनीले यसअघि मराठी फिल्म बनाउँदै आएका जयन्त गिलाटरको सिनेमालाई निर्माण गर्नेछन। ‘मैले आफ्नो पेसा परिवर्तन गर्ने चाहाना अनुरुप निर्माता बन्ने निर्णय गरेको छु। फिल्म मध्य मार्चबाट फ्लोरमा जानेछ’ सुभाषले भने।
उनको फिल्ममा फिल्म उद्योगमा काम गर्नेहरुको कथा हुनेछ। यस फिल्ममा जुही चावला, सबाना आजमी, दिब्या दत्ता तथा अनुपम खेर अनुवन्धित भइसकेका छन। त्यसैगरि उनले फिल्ममा रहेको एउटा विशेष भुमिकामा एकजना चर्चित स्टारलाई खेलाउने योजना रहेको पनि बताएका छन र जसका लागि उनले कुरा चलाइरहेका छ।
हिन्दुस्तान टाइम्स’को अनुसार उनले सो भुमिकामा के रणवीर कपुर हुनेछन? भन्ने प्रश्नलाई ननकारेको र आवश्यक परेमा रनवीरसँग सो बारेमा कुरा गर्ने र रणवीरले पनि सो भुमिका निभाउनेमा ढुक्क रहेको बताएका छन।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.