मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अनावश्यक खर्च बढ्नेछ। आर्थिक कारोबारमा लाभ हुनेछ। यात्रा गर्दा सचेत रहनुहोला। अध्ययनमा रुचि नरहला। रोजगारमा स्थानान्तरण हुनसक्छ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
अनुहारमा कान्ति बढ्नेछ। विपरीत लिंगीप्रति आकर्षण बढ्नेछ। शत्रु पराजित हुनेछन्। शारीरिक परिश्रम बढ्नेछ। सौन्दर्य तथा यश कीर्ति वृद्धि हुनेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
अनावश्यक खर्च बढ्नेछ। दैनिक कार्य प्रभावित रहनेछन्। शत्रु बढ्नुका साथै सामाजिक अपमान सहनुपर्ला। व्यापारिक क्षेत्रमा भय रहनेछ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पारिवारिक सद्भाव बढ्ने देखिन्छ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। वैदेशिक यात्रा लाभदायी रहला।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रोजगारका अवसर मिल्नेछन्। मानसिक चिन्ता रहनेछ। कर्ममा निष्ठा बढ्नेछ। आफन्त तथा साथीभाइको सहयोगले महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
कर्मप्रति नैराश्य बढ्नेछ। धर्मकर्म तथा अध्यात्मिक कार्यको नेतृत्व गर्ने अवसर मिल्नेछ। साहित्य लेखन, सभासम्मेलनमा सहभागिताको अवसर मिल्नेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्य बिग्रनेछ। आम्दानीको स्रोत सबल भए पनि खर्चमा वृद्धि होला। हराएको धन प्राप्त हुनेछ। शत्रु तथा संकटको सामना गर्नुपर्ला।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
पारिवारिक सम्बन्धमा सुधार आउनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेममा सफलता मिल्नेछ। सन्तानसुख प्राप्त होला। शारीरिक स्फूर्ति बढ्नेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
अनावश्यक वादविवाद सामना गर्नुपर्ला। धन आर्जनको अवसर मिल्नेछ। स्वास्थ्यमा समस्या देखिए पनि आफन्तको सहयोग तथा भूमि र बाहनको सुख प्राप्त हुनेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
विद्या, बुद्धि र ज्ञानको कदर हुनेछ। साहित्य लेखनमा रुचि बढ्नेछ। एेश्वर्य वृद्धि हुनेछ। दैवी शक्तिमा विश्वास बढ्नेछ। अपेक्षाकृत लाभ मिल्नेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
कर्मप्रतिको विश्वास बढ्नुका साथै मान्यजनको सहयोग मिल्नेछ। आफन्तसँग मनमुटाव बढ्नसक्छ, सजग रहनुहोला। कष्टकर यात्रा हुनेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
शारीरिक स्फूर्ति बढ्नुका साथै मनोरञ्जनका सामानहरू खरिद गरिनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव लिने अवसर मिल्नेछ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.