बुधबार, फाल्गुण १३,
कुल घरानका छोरा, हिसाब–किताब जानेका, महारजहरुद्वारा मन पराइएका भनेर मात्र के गर्नु ? आफ्नो लेखापढीमै लफडा भएपछि !
नेपालको झण्डै–झण्डै पुरानो र ठूलो कारोबारीमा गनिने भाजुरत्नका नाति पदमज्योति र रुपज्योतिले फरक फरक कालखण्डमा महाराज ज्ञानेन्द्र र एकीकृत माओवादी अध्यक्ष प्रचण्डको मन जिते । पदमज्योति उद्योग बाणिज्य संघको अध्यक्ष र सभासद् सम्म भए । रुपज्याति चाहिँ २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछि अर्थराज्य मन्त्री बनाइए । उनै डा. रुपज्योतिले आर्थिक वर्ष २०६६/६७ मा गरेको कारोबारमा भेटिएको कैफियतको समाचार हो यो ।
उनैको नाममा छ, बिबि कन्सर्न : प्यान (स्थायी लेखा) नंं. ३०२७८४३३० । ठमेल कर कार्यालयअन्तर्गत दर्ता भएको । यो कम्पनीले रुपज्योतिलाई ४२ लाखको सुन बेचेको देखिन्छ । जबकी त्यही वर्ष उनले यो कम्पनीकी डाइरेक्टर केटी उनको अफिसकी कर्मचारी हुन् ।
आफैंले तलब ख्वाउने कर्मचारीबाट थोरै परिणामको सामान लिएर एकभारी रकम तिर्नुपर्ने अवस्था आउनुलाई अर्थशास्त्रीय हिसाबमा सामान्य त्रुटि मान्नै मिल्दैन ।
यो कम्पनीले सुन किन्ने नाममा सरकारी सुविधा लिएर २८ करोड ३२ लाख बराबरको बैदेशिक मुद्रा हङकङ पठाएको देखिन्छ । तर त्यसअनुरुप सामान आएको छैन । एक किसिमले भन्नुपर्दा यो पनि विदेश मुद्राको अपचलन नै हो ।
त्यस्तै, अर्काे सुनसाहु तीर्थरत्न बज्राचार्यले सोही आर्थिक वर्षमा ३२ करोड ६४ लाख ५० हजार ९ सय २० कोे कारोबार गरेको कागजात फेला परेको छ । तर, यति ठूलो कारोबार गर्ने कम्पनी प्यानमा दर्ता छैन । अब आफैं अनुमान गर्नुहोस्, यो मुलुकलाई पशुपतिनाथले नचलाएर कसले चलाएको होला ?
–जनआस्था साप्ताहिकबाट
Post a Comment