काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकारले संविधानसभामा जारी प्रक्रिया रोके आजै वार्तामा जाने बताएका छन् ।
फागुन १६ को प्रर्दशनका क्रममा प्रहरीसँगको मुठभेडमा घाइते भएका नेता तथा कार्यकर्तालाई भेट्न कान्तिपुर अस्पताल तीनकुने पुगेका अध्यक्ष दाहालले सहमतिकालागि सरकार लयार भए आजै वार्तामा बस्न आफुहरु तयार रहेको बताएका हुन् ।
दाहालले वार्ताको साँचो आफुहरुसँग नभएको पनि प्रस्ट पारे । उनले वार्ताकालागि आफुहरु जती लचिलो भए पनि सत्तापक्षले वास्ता नगरेको भन्दै दुख व्यक्त गरे ।
घाइतेहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले कायर सरकारले आफुहरुको शान्तिपुर्ण आन्दोलनलाई विथोल्न खोजेको आरोप लगाए । उनले आफुले पटक पटक गृहमन्त्री बामदेव गौतमलाई कार्यक्रमका बारेमा जानकारी गराएपनि दमन गर्ने सरकारको नीतिमा परिवर्तन नआउँदा कार्यकर्ता घाइते भएको बताए ।
हिजो बानेश्वरमा भएको झडपमा परि घाइते भएका एमाओवादी कार्यकर्ताहरुलाई कान्तिपुर अस्पतालमा भर्ना गरिएको छ । एमाओवादी पोलिटब्युरो सदस्य गंगानारायण श्रेष्ठ, नेताहरु राजेश व्यन्जनकार, लक्ष्मी राई, राजेश बस्नेत, लगायत दर्जन बढीको त्यहाँ उपचार भैरहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.