मिडिया एनपी, न्यूयोर्क । मानसिक रोगहरूबाट पिडित मानिसहरूले यदि पर्याप्त मात्रामा समुद्री माछाको सेवन गर्ने गरेमा तथा बाहिरी गतिविधिका लागी दैनिक रूपमा समय निकाल्ने गरेमा उनीहरूको स्थितिमा सुधार हुन सक्ने देखिएको छ । किनभने यसले मस्तिष्कमा रहेको रसायन सेरोटोनिन को स्तरलाइ प्रभावित गर्दछ ।
हालै गरिएको एक नयाँ अध्ययनबाट यो कुराको खुलासा भएको हो । अर्थात यस अध्ययनबाट यो निष्कर्ष निस्किएको छ कि माछाको सेवनबाट मस्तिष्क स्वस्थ राख्न निकै मद्दत पुग्दछ । यसका साथै घाममा बसेर शरिर सेक्नाले पनि मस्तिष्कलाइ निकै राम्रो हुने देखिएको छ ।
मस्तिष्क सम्बन्धी कयौं रोगहरू जस्तै अस्टिन स्पेक्ट्रम डिसअर्डर (एएसडी), इटेन्शन हाइपर एक्टिभिटी डिसअर्डर (एडीएचडी), बाइपोलर डिसअर्डर, सिजोफ्रेनिया तथा डिप्रेशनमा सेरोटोनिनको स्तर मस्तिष्कमा कम हुन थाल्दछ । चिल्ड्रेन्स हस्पिटल अकल्याण्ड रिसर्च इन्स्टीट्यूट (सीएचओआरआई) की रोन्डा पेट्रिकका अनुसार अहिले गरिएको नयाँ अध्ययनबाट के कुरा पाइयो भने सेरोटोनिन कसरी आवेग नियन्त्रण, सेन्सरी गेटिङ तथा व्यक्तिको व्यवहारलाइ नियन्त्रित गर्नमा महत्वपूर्ण भूमिका निभाउँदछ भन्ने देखिएको छ ।
पेट्रिकका अनुसार यस अध्ययनबाट उनीहरूले सेरोटोनिनको उत्पादन तथा कार्यलाइ भिटामिन डी तथा ओमेगा-3 फेट्टी एसिडबाट सम्बद्ध गरिएको छ । यी सूक्ष्म पोषक तत्व मस्तिष्कलाइ कार्य गर्नमा त्यसको मद्दत गर्दछन र यस प्रकारले हाम्रो स्वभाव नियन्त्रित हुने गर्दछ । भिटामिन डी को निर्माण शरीर को त्वचामा सूर्यको प्रकाशमा स्वाभाविक रूपमा हुने गर्दछ । यसैले केही समय घाम ताप्नाले पनि मस्तिष्कका लागी निकै फाइदा पुर्याउँदछ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.