टाउको दुखाइको पीडा सहबास गर्दा कम हुने एक अध्यनले देखाएको छ ।
माइग्रेन वा त्यस्तै अन्य कारणले टाउको दुखिरहने ब्यक्तिले टाउको दुख्न थालेपछि यौन सम्पर्क गर्दा टाउको दुखाइ कम हुने अध्यनको दावी छ ।
हालै गरिएको उक्त अध्यनका अनुसार माइग्रेन भएर वा विभिन्न कारणले टाउको दुखेर औषधी प्रयोग गर्ने विरामीहरुले नियमित यौन सम्पर्क गर्दा टाउको दुख्न रोकिने हुन्छ ।
जर्मनीका शोधकर्ताहरुले माइग्रेन वा अन्य कुनै पनि कारणले निक्कै टाउको दुख्ने पीडाग्रस्त मानिसमा यो अध्यन गरेका थिए । उनीहरुले टाउको दुखाइको समयमा यौन सम्पर्क गर्दा टाउको दुखाइ कम हुने र यसले पीडा मुक्त पार्ने निष्कर्ष निकालेका छन् ।
अध्यनकर्ताहरुले माइग्रेनले टाउको दुख्ने ८०० र अन्य कारणले टाउको दुख्ने २०० मानिसमाथि यो अध्यन गरेका थिए । अध्यनमा सहभागी ५ जनामा एक जनाले टाउको दुख्दा दुख्दै सेक्स गरेपछि टाउको दुख्न छोडेको बताएका थिए ।
यो अध्यन जर्मनीको मुन्स्टर विश्वविद्यालयका विद्यार्थीले गरेका हुन् ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.